सिन्धुली जिल्ला तीनपाटन गाउँपालिकाको देजमोे नेपाल र नेवा राष्ट्रिय मुक्ति मोर्चाका गाउँ स्तरीय संयुक्त भेला सम्पन्न

सिन्धुली जिल्ला तीनपाटन गाउँपालिकाको देजमोे नेपाल र नेवा राष्ट्रिय मुक्ति मोर्चाका गाउँ स्तरीय संयुक्त भेला सम्पन्न


माघ १२ सिन्धुली ।
सिन्धुली जिल्ला तीनपाटन गाउँपालिकाको कोट गाउँमा देजमोे नेपाल र नेवा राष्ट्रिय मुक्ति मोर्चाकोे संयुक्त भेला सम्पन्न भएका छन् । उक्त भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा सिन्धुली जिल्ला इन्जार्ज जीवनको प्रमुख आतिथ्यता रहेको थियो । नेवा राष्ट्रिय मुक्ति मोर्चाका संयोजक निमलाल मानन्धरको अध्यक्षता र संचालनमा उक्त भेला सम्पन्न गरिएको थियो ।
उक्त भेलाले दानबहादुर तामांग अध्यक्ष रहेको पाँच सदस्यीय देजमो नेपाल गाउँ स्तरीय समिति गठन गरेको छ, जसमा हेमपूर्ण श्रेष्ठ, शिवबहादुर बरुवाल, टेकबहादुर पूर्णछामे, ओमबहादुर तामांग र हेम थापा सदस्य रहेका छन् ।
त्यसैगरी नेवा राष्ट्रिय मुक्ति मोर्चाको हेमपूर्ण श्रेष्ठ संयोजक रहने गरी शिवलाल श्रेष्ठ, उत्तम श्रेष्ठ, विनोद श्रेष्ठ र विश्वलाल श्रेष्ठ सदस्य रहेको गाउँ स्तरीय समिति गठन गरिएको छ ।
उक्त भेलालाई नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज जीवनले वर्तमानमा केप ीओलकिा कारण नेपालको राष्ट्रिय स्वाधिनता झन गमभीर मोडमा आएको र को पक्षमा एमसीसी र महंगीको विरोध र केपीओलीको प्रतिगमनकारी तथा असम्वैधानिक कदमको विरुद्ध अव नेपाली जनताले संसदीय व्यवस्थाको विकल्पमा आनदोलनलाइै केन्द्रीत गर्नु पर्नेमा जोड दिए । अबको दृघकालिन समाधन भनेको नेपालमासंघीय जनगणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्षको आवश्यकता भएकोमा जोड दिए ।