सिन्धुली जिल्ला दुधौली नगरपालिका सुकुम्वासी टोलमा देजमो, क्रान्तिकारी युवा लिग र अनेमसंघ क्रान्तिकारीको इलाका स्तरीय संयुक्त भेला सम्पन्न

सिन्धुली जिल्ला दुधौली नगरपालिका सुकुम्वासी टोलमा देजमो, क्रान्तिकारी युवा लिग र अनेमसंघ क्रान्तिकारीको इलाका स्तरीय संयुक्त भेला सम्पन्न


माघ ८ सिन्धुली ।
सिन्धुली जिल्ला दुधौली नगरपालिका सुकुम्वासी टोलमा देजमोे क्रान्तिकारी युवा लिग र अनेमसंघ क्रान्तिकारीको संयुक्त भेला सम्पन्न भएका छन् । उक्त भेलामा नेकपा क्रान्तिकारी माओादीका केस तथा सिन्धुली जिल्ला इन्जार्ज जीवनको प्रमुख आतिथ्यता रहेको थियो । क्रान्तिकारी युवा लिग उपाध्यक्ष अटलको अध्यक्षतामा र नगरपार्टी सेक्रेटरी मुक्तिको संचालनमा भएको उक्त भेलामा नेकपा (क्रान्तिकारी माओादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज जीवनले राष्ट्रिय स्वाधिनताको पक्षमा एमसीसी र महंगीको विरोध र केपीओलीको प्रतिगमनकारी तथा असम्वैधानिक कदमको विरुद्ध आफ्ना भनाइ राखेका थिए । केपी ओलीको यो गैरसंवैधानिक कदम त हो तर यसकाृे समाधान नत संसदको पुनस्र्थापना हो न नीर्वाचन गरेर नयाँ संसदको नीमार्ण र्नै हो । यसको दृघकालिन समाधन त केबव एउटै छ त्यो हो नेपालमा संघीय जनगणतन्त्रको स्थापना ।
उक्त भेलाले वीरबहादुर बुढाथोकीको अध्यक्ष्यतामा होमबहादुर कार्की उपाध्यक्ष रहने गरी हर्कराज राई, सन्तोष बुढाथोकी, विकास परियार र जीतबहादुर भुजेल सदस्य रहने गरी दे
जमो इलाका स्तरीय संगठन समिति गठन गरेको छ । त्यसैगरी अनेमसंघ क्रान्तिकारी र क्रान्तिकारी युवा लिगका पनि समिति गठन गरिएका छन् । अनेमसंघ क्रान्तिकारीमा गीता देवकोटा अध्यक्ष, उपाध्यक्ष ज्ञानु अधिकारी सदस्यमा सृजना राई जीत कुमारी आचार्य, रीता राई छन् भने क्रान्तिकारी युवा लिगमा मुना खडका संयोजक, गोपाल विक, चक्र ब. परियार, दिनेश बुढाथकेकी र कुमार मगर सदस्य नीर्वाैचित गरिएका छन् ।