नवलपरासी १३ माघ – नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले प्रतिनिधिसभा बिघटन एक घटना मात्र नभई यसबाट संसदीय ब्यवस्थाको असफलताको पुष्टि भएको भन्दै गाउँगाउँमा संगठन विस्तारमा जुटेको छ ।

संसदीय ब्यवस्थाबाट जनताको हित नहुने भन्दै क्रान्तिकारी माओवादीले जिल्लाका बिभिन्न स्थानीय तहमा त्यसको भण्डाफोर गर्दै आफ्ना कमिटीहरुको भेला प्रशिक्षण तथा बैठकमा जुटेको हो । सोही क्रममा क्रान्तिकारी माओवादीले सुनवल नगर समितिको प्रशिक्षण सहितको कार्यक्रम मंगलवार अस्नैयामा सम्पन्न गरेको नगर सेक्रेटरी श्यामले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोलाले संसदीय ब्यवस्थाको आयु पुगेकोले संघीय जनगणतन्त्र स्थापनामा लागि जुटने बेला भएको बताए । कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश सदस्य समरले वर्गीय मुक्ति आन्दोलनको तयारीका लागि क्रान्तिकारीहरुबीच धुब्रीकरणको समय आएको जानकारी दिए । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष राजु प्रसाद खनालले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रमबाट क्रान्तिकारी युवा लीग र दलित मुक्ति मोर्चाको नगर संयोजकको जिम्मेवारी तोकेको छ । लीगको नगर संयोजकमा बिजय र मोर्चाको ऋषिराम विकलाई संयोजक बनाएको श्यामले जनाए ।
मुमदिन मियाँको निधन प्रति शोक ब्यक्त
त्यस्तै बुधवार ( १४ गते ) प्रतापपुर गाउपालिकामा संगठनात्मक कार्यक्रम रहेको छ । उता मुष्लिम मुक्ति मोर्चाका जिल्ला संयोजक मुमदिन मियाँको निधन प्रति क्रान्तिकारी माओवादी र जनवर्गीय संगठनहरुले शोक ब्यक्त गरेका छन् । सोमवार मियाँको निधन भएको र निधनले बर्गीय एंव अल्पसंख्यकहरुको पहिचानको आन्दोलनलाई क्षति भएको निष्र्कष सहित शोक ब्यक्त गरेको क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिले जानकारी दिए । मियाँ लामो समय देखि माओवादी आन्दोलनमा जोडिदैं आएका थिए ।






























