कविता : ओ खच्चड !

कविता : ओ खच्चड !

सामन्त जिउँदै छ भन्यौँ
त्यतिबेला हामीले
दुस्मन उभिंदै छ
भन्यौँ हामीले
गरिबी ‌‌शोषण
जस्ताको तस्तै छ
भन्यौँ हामीले
तिमीले बनाएको
जुठो र झुठो
संविधान
पुरानै छ भन्यौँ
हामीले
सत्ताको डन्डा
जस्ताको तस्तै छ
भन्यौँ हामीले
तिमी बुध्दिजीवी
तिमी नागरिक
तिमी पत्रकार
तिमी लेखक
सबै सबै
सिंह दरबारभित्र
उभिएर
हामीलाई
खिसी गर्यौ
तिम्रो लोकतन्त्र
पुरानै छ भन्यौँ
तिम्रो भेषभुषा
उही छ भन्यौँ
तिमी त्यतिबेला
तिन हात
माथि उफ्रिएर
गाली गर्यौ
हामीमाथि
शासकका लौरा
बर्सिंदा
लोकतन्त्रको गुदी
यही त हो भन्यौ
हामीलाई
आतङ्ककारी
देशद्रोही भन्यौ
र सत्ताको
बाल्कनीमा उभिएर
दाँत ङिच्चायौ
ओ खच्चर !
पिठ्युँमा
सत्ताको लठ्ठी बर्सिंदा
कस्तो लागिरेछ