
माघ १४ काठमान्डौ ।
के.पी. शर्मा ओली नेतृत्वको सरकारले नागरिक अभियन्ताहरुले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा गरेको दमनका विरुद्ध क्षोभ व्यक्त व्यक्त गर्दै देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलद्वारा अगुवा नागरिक अभियन्ताहरुले ऐतिहासिक तेस्रो जनआन्दोलन प्रारम्भ भएको जुन घोषणा गरेका छन त्यसप्रति जोडदार समर्थन गर्दै प्रकाशित वक्तव्य यसप्रकार छ–
तेस्रो राष्ट्रिय जनआन्देलन घोषणाको जोडदार समर्थन
हालै नागरिक अभियन्ताहरुले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनप्रति हामी भत्र्सना गर्दछौं । यसले ओली सरकार निरंक’सतातिर उद्दत भएको आरोपको प’ष्टि भएको छ । नेपालमा अर्को राष्ट्रिय जनआन्दोलनको आवश्यकता सर्वत्र महशुस भैरहेको यतिखेरको अवस्थामा अगुवा नागरिक अभियन्ताहरुले ऐतिहासिक तेस्रो जनआन्दोलन प्रारम्भ भएको जुन घोषणा गर्नु भएको छ, त्यसको हामी जोडदार समर्थन गर्दछौं ।
यसका साथै प्रधानमन्त्रीको आसनमा रहेका के.पी. शर्मा ओलीले असंवैधानिक र प्रतिगमनकारी निर्णयद्वारा गरिएको संसद विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको बहसका सन्दर्भमा नेपालका सम्मानित ज्येष्ठ नागरिकहरु प्रति गरिएको अभद्र टिप्पणी र मान मर्दन प्रति हामी क्षोभ व्यक्त गर्दछौं ।
सी.पी. गजुरेल
अध्यक्ष
मिति २०७७÷१०÷१४































