
माघ ४ जावलाखेल ललितपुर । नेकपा क्रान्तिकारी माओवादी नेता तथा देजमो नेपालका अध्यक्ष सीपी गजुरेलले आज विहान जवलाखेल प्रहरी कार्यालय गई गिरफतार गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाई करीव आधाघण्टा जिल्ला प्रहरी कार्यालय जवलाखेल गई प्रहरी प्रमुख(एसएसपी) किरण बज्राचार्यको कार्यकक्षमा करीव आधा घण्टा भेट वार्ता गर्नु भएकोछ । भेटका क्रममा उहाँहरुबीच देशको समसामयीक राजनीतिक विषय र अहिले विकसित भईरहेका घटनाक्रमहरुवारे छलफल गरिएको जनाइएको छ । उक्त भेटमा २३ दलीय कार्यगत एकता र चारदलीय क्रान्तिकारी संयुक्त मोर्चावारे पनि छलफल गरिएको जनाइएको छ ।
केही दिन अघि ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा प्रहरीले चलाएको सर्च अप्रेसनमा नेता बास्तोलालगायत पार्टीका तीन जना कार्यकर्ताहरु पनि पक्राउ गरिएका थिए र उनीहरु सबैलाई अहिले जिप्रका ललितपुरको जावलाखेलमा राखिएको छ ।
पक्राउ परेका नेता बास्तोला सो पार्टीका सचिवालय सदस्य तथा तेस्रो बरियताका नेता हुन् । र उक्त क्षेत्रमा आयोजित एक प्रशिक्षण कार्यक्रमपछि फर्कने क्रममा सुराकीको आधाारमा उहाँहरु पक्राउ परेको जनाइएको छ । प्रहरी अपरेशनको क्रममा नेताहरु खड्ग विश्वकर्मा प्रकाण्ड र चिरण पुन भने प्रहरी घेरा तोडेर भाग्न सफल भएको बताइएको छ भने नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय जवलाखेल प्रमुख किरण बज्राचार्यले गजुरेललाई दिएको जानकारी अनुसार उहाँमाथि खासै कुनै फौजदारी अभियोग लगाइएको छैन र उहाँमाथि आवश्यक अनुसन्धान पछि कानुनी प्रक्रियामा लगिने छ ।
उक्त अवसरमा अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा देजमो नेपालका केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण गजुरेलको पनि उपस्थिति थियो ।































