कम्युनिस्टहरूमा विश्वदृष्टिकोणको रुपान्तरणको समस्या

प्रकाशित मिति : २०७७ माघ ४

- हस्तबहादुर केसी

कम्युनिस्टहरूका निम्ति विश्वदृष्टिकोणमा रुपान्तरणको समस्या ज्यादै महत्वपूर्ण प्रश्न हो । विश्वलाई हेर्ने दुई भिन्न विश्वदृष्टिकोण छन् –एउटा हो आध्यात्मवादी (आदर्शवादी) विश्वदृष्टिकोण । यश विश्वदृष्टिकोणले चेतना पहिलो हो र चेतनाबाट पदार्थको जन्म भएको भन्ने मान्दछ । यश विश्व ब्रह्माण्डको उत्पत्ति कुनै अदृश्य शक्ति ( काल्पनिक ईश्वर ) बाट भएको हो भन्ने मान्दछ । अर्थात् विश्व ब्रह्माण्डको सृष्टि ईश्वरले गरेको हो भन्ने मान्दछ । यो तर्क र पध्दति अवैज्ञानिक छ । यस दृष्टिकोणले विश्वलाई जान्न सकिन्छ , बुझ्न सकिन्न र बदल्न पनि सकिदैन भन्ने मान्दछ । विश्व अज्ञेय छ भन्ने मान्दछ । यो दृष्टिकोण दर्शनशास्त्रको फाँटमा आध्यात्मवादी ( आदर्शवादी ) विश्वदृष्टिकोण हो ।
अर्को हो पदार्थ पहिलो हो र पदार्थकै विशिष्ट उपज चेतना हो र विश्व ब्रह्माण्डको सृष्टिकर्ता अरु कोही नभएर स्वनिर्मित हो भन्ने मान्दछ । र विश्वलाई जान्न सकिन्छ , बुझ्न सकिन्छ र यसलाई बदल्न सकिन्छ भन्ने मान्दछ । यो तर्कलाई वैज्ञानिक तर्क मानिन्छ । र यसले विश्व ज्ञेय छ भन्ने मान्दछ । यो दृष्टिकोण दर्शनशास्त्रको फाँटमा भौतिकवादी विश्वदृष्टिकोण हो ।
विश्वदृष्टिकोण भनेको त्यो सिध्दान्त हो , विचारहरु र आस्थाको योग हो , जसले कुन व्यक्ति , सामाजिक समूह , वर्ग वा समग्ररुपमा सामाजिक क्रियाकलापको दिशा र यथार्थप्रतिको धारणा निर्धारण गर्दछ । विश्वदृष्टिकोणको प्रश्न आधारभूत दर्शनका प्रश्नहरुसित अभिन्न रुपले जोडिएका हुन्छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कम्युनिस्टहरूको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्टालिनले “ माक्र्सवादी – लेनिनवादी पार्टीको विश्वदृष्टिकोण “ को रुपमा परिभाषित गर्नु भएको छ ।
संसारमा धेरै प्रकारका दर्शनहरु छन् । माक्र्सवादी दर्शन मात्र कम्युनिस्टहरूको दर्शन हो । माक्र्सवादी दर्शन मात्र विश्व सर्वहारा वर्गको दर्शन हो ।
कार्ल माक्र्स ( सन १८१८–१८८३ ) र फ्रेडिक एंगेल्स ( सन १८२० –१८९५ ) माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका प्रवर्तक हुनु हुन्छ । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यश दर्शनको सिध्दान्त भौतिकवाद हो ।
माक्र्सवादी दर्शनले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई वस्तु जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पध्दति द्वन्द्ववाद हो ।
प्रत्येक दर्शन वर्ग दर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु रहन्छ । माक्र्सवादी दर्शन एउटा वर्ग दर्शन हो । सर्वहारा वर्गको दर्शन हो । तर यो अन्य दर्शनहरु झै अल्पसंख्यकहरुको , शोषकहरुको दर्शन नभएर बहुसंख्यकहरुको , सर्वहाराहरुको दर्शन हो ।
माक्र्सवादी दर्शनको उत्पत्ति ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियोे । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधीन शक्तिको रुपमा देखा परेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियोे , जसको परिपूर्ति माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले गर्यो । त्यस दर्शनमा सर्वहारा वर्गले संसारलाई ठिक शीत बुझ्ने र त्यसलाई बदल्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ । यसको महत्वलाई लेनिनले यसरी दर्साउनु भएको छ – “ माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो , जसले मानवजातिलाई र खास रुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरु प्रदान गरेको छ । “ ( लेनिन , संकलित रचनाहरु , भाग १९ , पृष्ठ २५ ।
जो संसारलाई फेर्न चाहन्छ , विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ , उनीहरूले संसारलाई बुझ्नु पर्दछ , त्यसलाई फेर्ने तरिका जान्नु पर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उनीहरूलाई दिन्छ । सर्वहाराहरुको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई माक्र्सले यसरी बताउनु भएको छ – “ जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । “( माक्र्स – एंगेल्स , संकलित रचनाहरु , भाग ३ , पृष्ठ १८७ ।
त्यसै गरि माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई माओत्सेतुङले यसरी दर्शाउनु भएको छ , “ माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ , माक्र्सवादी दर्शन , माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिध्दान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन , हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसकेपछि थुप्रै दुःखकष्टहरुबाट जोगिने छन् र धेरै गल्तीहरु हट्नेछन् ।“
माक्र्सवादले सर्वहारा वर्गलाई विश्वदृष्टिकोण पैदा गर्दछ । माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारा वर्ग र त्यस वर्गको पार्टी कम्युनिस्ट पार्टीका नेताहरुमा यसको गहन अध्ययन र आत्मसातिकरणले विश्वदृष्टिकोण पैदा गर्दछ । संसार बदल्ने सैधान्तिक हतियार अर्थात् विश्वदृष्टिकोण पैदा गर्दछ ।
आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरेको छ । माक्र्सवादले गुणात्मक रुपमा दोस्रो चरणमा लेनिनवादमा विकास गरेको छ भने र माक्र्सवाद –लेनिनवादले गुणात्मक रुपले तेस्रो नयाँ चरणमा माओवादमा विकास गरिसकेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य इकाईका रुपमा माक्र्सवाद –लेनिनवाद माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद –लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
आजको विश्वको माक्र्सवाद त्थउभ भत्रगबतष्यल जभचभ।लेनिनवाद भएकोले नै संसारमा सबै खाले प्रतिक्रियावादीहरु , संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
जसरी माक्र्सवाद ( लेनिनवादको स्थापना कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सबै खाले प्रतिक्रियावाद , संशोधनवाद र अवसरवादका विरुद्धको संघर्षका क्रममा भएको हो , त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम वर्गसंघर्षका बीचबाट भएको हो । यसरी आज माक्र्सवाद ( लेनिनवाद ( माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको सिध्दान्त बनेको छ ।
विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसके कै कारण विश्व कम्युनिस्ट आन्दोलनमा नै ठूला ठूला प्रतिक्रान्तिका परिघटनाहरु घटित हुन पुगे । यही विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत संघ ,चीन , पूर्वी युरोप र पूर्वी एशियामा प्रतिक्रान्ति भयो । यही समस्याका कारणले गर्दा नै फिलिपिन्स , टर्की ,चिली , इन्डोनेसिया , निकारागुवा , पेरु र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरु असफल भएका हुन् ।
नेपालमा जुन महान् जनयुद्धको विरासतलाई समेत निस्तेज पार्दै जुन भीषण प्रतिक्रान्ति भयो , त्यसको मुख्य कारण महान् दस वर्षेे जनयुद्धको नेतृत्व गरेकाा पुष्पकमल दाहाल “ प्रचण्ड “ बावुरा भट्टराईमा पैदा भएको चरम अवसरवाद र सैध्दान्तिक विचलन हो । जसले नेपाली माओवादी आन्दोलन नै विसर्जन हुन पुग्यो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रुँधो , लासालहरु , ब्लांकीहरु शुरुमा कम्युनिस्ट क्रान्तिकारी नै थिए । पछि उनीहरू चरम अवसरवादी र अराजकतावादी भएका थिए । यस्तो हुनुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै थियो ।
बर्नस्टिन पनि शुरुमा बहुतै कम्युनिस्ट क्रान्तिकारी थिए । विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसके कैकारण उनी माक्र्सवाद विरोधी मात्र भएनन् , उनी शास्त्ररीय संशोधनवादका पिता सावित भए ।
जर्मन कम्युनिस्ट पार्टीका नेता कार्ल काउत्स्की पहिले रुसका लेनिन भन्दा पनि खाटी क्रान्तिकारी भए । पछि उनी पनि संशोधनवादी भए र लेनिनले “ गध्दार काउत्स्की “ नामक पुस्तक समेत लेख्नु पर्यो । काउत्स्की पनि विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसकेर नै गध्दार काउत्स्की बन्न पुगेका थिए ।
निकिता ख्रुस्चोव पनि पहिले कम्युनिस्ट क्रान्तिकारी नै थिए ।सोभियत कम्युनिस्ट पार्टी ( बोल्सेविक) का महासचिव समेत थिए । पछि अर्थात् सन १९५६ मा उनले सोभियत समाजवादमा पुँजीवाद घुसाए र सो रुसमा पुँजीवादको पुनःस्थापना भयो ।
चीनका ल्यु शाओ चि र दङ श्याओ पिङ पनि चीनका धुरन्धर क्रान्तिकारी कम्युनिस्ट नेता नै थिए। ल्यु श्याओ चिले त “ असल कम्युनिस्ट कसरी बन्ने “ नामक पुस्तकसम्म लेखेका थिए ।
सन १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टी भित्र संशोधनवाद घुसाउने पहिलो व्यक्तिमा उनै ल्यू श्याओ चि र दङ शाओपिङले चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ समाजवादभित्र पुँजीवादको पुनःस्थापना गरेका थिए र संशोधनवादी गध्दार बनेका थिए । उनीहरू पनि विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै प्रमुख कारण थियो ।
विश्व कम्युनिस्ट आन्दोलनभित्र जन्मिएका सबै खाले संशोधनवादीहरु विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसकेकै कारण संशोधनवादीहरुको लाइनमा लामबध्द हुन पुगेका छन् ।
कार्ल माक्र्स र फ्रेडरि एंगेल्सले हेगेलको आदर्शवादको बोक्राले छोपेको द्वन्द्ववादलाई ती आदर्शवादी बोक्राहरुलाई फ्याकेर वास्तविक द्वन्द्ववादको संयोजन गरेका थिए ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले अधिभूतवादका बोक्राहरुले बेरिएको भौतिकवादलाई ती अधिभूतवादका बोक्राहरुलाई फ्याकेर वास्तविक भौतिकवादको संयोजन गरेका थिए ।
माक्र्स र एंगेल्स सच्चा क्रान्तिकारी , निस्वार्थी भए कै कारण माक्र्सवाद जस्तो क्रान्तिकारी र वैज्ञानिक विचार प्रतिपादन गर्न समर्थ हुनु भयो । वास्तविक रुपमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन समर्थ भए कै कारण माक्र्स र एंगेल्स जीवनभर क्रान्तिकारी र माक्र्सवादको संरक्षक बन्न समर्थ रहनु भयो ।
एक कालखण्डमा क्रान्तिकारी हुनु र अर्को कालखण्डमा संशोधनवादी एवम् गैर क्रान्तिकारी मात्र होइन , प्रतिक्रान्तिकारीको नाइके हुनुको प्रमुख कारण माक्र्सवादका आधारभूत सिध्दान्तहरुको गहिरो ( गहण ) अध्ययन नहुनु , कम्युनिस्ट पार्टी भित्र व्यवस्थित र योजनाबध्द एवम् वैज्ञानिक स्कुलिङ नचलाइनु , स्कुलिङमा भाग नलिनु , माक्र्सवाद अर्थात् आजको माक्र्सवाद –लेनिनवाद –माओवादको टपर्टुइयाँ अध्ययनका आधारमा नेता बन्नु , नेता बनाइनु , नेतृत्व गर्न पुग्नु नै संशोधनवादी बन्नुका प्रमुख आधार हुन । यस प्रकारका व्यक्ति एक पटक क्रान्तिकारी नेता भएको भए पनि , क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व गरेको भए पनि , वर्गसंघर्षको नेतृत्व गरेको भए पनि पछिल्लो अवधिमा अलिकति अप्ठ्यारो पर्ने बित्तिकै , अवसर
पाउने बित्तिकै चरम अवसरवादी बन्ने र संशोधनवादी गध्दार बन्ने प्रमुख आधार बन्न पुग्छन् ।
यश प्रकारका व्यक्तिहरुले क्रान्तिप्रति गध्दारी गर्दछन् ,। जनताप्रति गध्दारी गर्दछन् र समग्रमा देश र जनताप्रति गध्दारी गरेर प्रतिक्रियावादी समेत बन्न पुग्दछन् । विश्व कम्युनिस्ट आन्दोलनमा यश प्रकारका सैयौ उदाहरण र प्रमाणहरु छन् ।
दोस्रो कुरा माक्र्सवादको गहिरो अध्ययन गर्दैमा , मालेमावादको गहिरो अध्ययन गर्दैमा कोही पनि सदा क्रान्तिकारी भइरन्छ भन्ने कुनै माक्र्सवादी द्वन्द्ववादी तर्क हुन सक्तैन । उसले माक्र्सवाद अर्थात् मालेमावादलाई आत्मसातिकरण गर्न सक्नु पर्छ । माक्र्सवादलाई जीवन व्यवहारमा लागू गर्न सक्नु पर्छ । पार्टी भित्र अन्तर्संघर्षमा पनि पोख्त हुुुुनु र वर्गसंघर्षमा सक्रिय र आत्मबलिदानीका उच्च भावनाका साथ भाग लिनु हो । मालेमावादको अध्ययन गर्दैमा सच्चा क्रान्तिकारी कम्युनिस्ट भइन्छ भन्ने कुरा साँचो होइन , माक्र्सवादी सच्च्याई पनि होइन ।
कम्युनिस्ट क्रान्तिकारीहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र विश्वदृष्टिकोणमा रुपान्तरण हुनका लागि परिवारलाई पार्टीकरण गर्ने , परिवार भित्र कम्युनिस्ट आचरण र व्यवहारलाई लागु गरिनु अनिवार्य हुन्छ । परिवार भित्र जीवन साथी र जीवन संगिनी बीच , छोराछोरी र बाबू आमाका बीचमा पार्टी नीति र कम्युनिस्ट पार्टीको सिध्दान्तका बारेमा स्कुलिङ गर्ने , गराउने , घर परिवार भित्र जनवादी संस्कृतिको विकास गरिनु पर्दछ । अर्थात् परिवार भित्र कम्युनिस्ट संस्कृतिको विकास गरिनु पर्दछ । यसको अभावमा कम्युनिस्ट परिवार वास्तविक रुपमा कम्युनिस्ट संस्कृतिमा , कम्युनिस्ट संस्कारमा ढाल्न सकिदैन । कम्युनिस्ट संस्कृति भनेको वैज्ञानिक र व्यवहारिक संस्कृति हो ।
परिवार भित्र प्रतिक्रान्तिका बीजहरु रहने भएकाले त्यहाँ साँस्कृतिक क्रान्ति परिवारबाटै चलाउन अनिवार्य हुन्छ । साँस्कृतिक क्रान्तिको अभावमा त्यो परिवार वास्तविक रुपमा क्रान्तिकारी बन्न सक्तैन । परिवार भित्र नै कम्युनिस्ट स्कुलिङ चलाउने हो भने त्यो परिवारमा कम्युनिस्ट संस्कृतिको विकास हुन जान्छ ।
पार्टी भित्र पनि एकातिर माक्र्सवादको स्वअध्ययन गर्ने वातावरणको सृजना गर्ने र स्वच्छ तथा वैज्ञानिक वातावरण मिलाउन जरुरी हुन्छ । स्वअध्ययन ज्ञान आर्जनको महत्त्वपूर्ण साधन हो ।
पार्टी भित्र पार्टीका नेता , कार्यकर्ताहरुलाई माक्र्सवादी ज्ञान सिध्दान्तद्वारा लैस गर्न र अब्बल दर्जाका क्रान्तिकारी नेता कार्यकर्ता निर्माण गर्नका निम्ति पार्टी स्कुलको व्यवस्था गरिएको पर्दछ । कार्यकर्ता भनेका पार्टीका सम्पत्ति हुने भएकाले उनीहरूको पहिलो सर्त भनेको माक्र्सवादी ज्ञान सिध्दान्तले लैस बनाउनुु हो ।
लेनिन र माओले सञ्चालन गरेका पार्टी स्कुलिङहरु विश्व कम्युनिस्ट आन्दोलनमा नै अति उदाहरणीय र प्रेरणादायी बनेको इतिहास छ । साँच्चिकै वैज्ञानिक र योजनाबध्द एवम् व्यवस्थित पार्टी स्कुलिङ सञ्चालन गरेकै गरेका कारण रुस र चीनमा महान् क्रान्तिहरु पनि सम्पन्न हुन पुगे । जुन जुन देशहरुले पार्टी स्कुलिङको व्यवस्था गर्न सकेनन् या चाहेनन् , ती देशहरूले क्रान्ति सम्पन्न गर्न पनि सकेनन् । अब्बल दर्जाका क्रान्तिकारी कार्यकर्ताविना कुनै पनि कम्युनिस्ट पार्टी आफ्नो लक्ष्यमा पुग्ने कुरै भएन ।
आम पार्टी पंक्ति भित्र विश्वदृष्टिकोणमा रुपान्तरण गर्ने महान् उद्श्येका साथ कमरेड माओले चीनमा महन् दस वर्षे सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो र यश महान् दश वर्षेे सर्वहारा साँस्कृतिक क्रान्ति भनेको सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त हो ।
कमरेड माओ आफ्नो जीवनमा महान् दस वर्षे चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सफल हुनु भएको थियो । तर सन १९७६ सेप्टेम्बर ९ दिन माओको निधन भयो । त्यसको ठिक एक महिना पछि चीमा संशोधनवादी देङ गुटले प्रतिक्रान्ति गर्यो ।
नेपालमा नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको ७० वर्ष पुरा भइसकेको छ । तर महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा महान् दस वर्षेे जनयुद्धको पहल गरियो । क्रान्ति विजयको सन्निकट अवस्थामा पुगेको बेला जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड र बावुराम भट्टराईमा गंभीर प्रकारको वैचारिक विचलन आए पछि महान् नेपाली क्रान्तिले गंभीर प्रकारको धक्का खायो ।
महान् नेपाली नयाँ जनवादी क्रान्तिले यसरी धक्का खानुमा माथि पनि उल्लेख गरिएको छ कि जनयुद्धको नेतृत्व गर्दै आएको मुख्य नेतृत्वमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन सक्नु हो । यश कमिले गर्दा त्यस नेतृत्वमा छिटो विचलन आयो ।
अर्को पक्ष्य आम पार्टी भित्र विभिन्न तह गत पाठ्यक्रम तर्जुमा गरेर नियमित र वैज्ञानिक र व्यवहारिक रुपमा माक्र्सवादी स्कुलिङ सञ्चालन नगरिनु र आफ्ना नेता कार्यकर्ताहरुलाई माक्र्सवादी ज्ञान सिध्दान्तले लैस नगर्नु र नगराउनु प्रमुख कारण रहेका छन् । नेतृत्वले विचारविनाका हजारौं लम्पट कार्यकर्ताहरु तयार पार्ने र ती कार्यकर्ताहरुलाई वरिपरि लगाएर हिड्ने गरेकै कारण महान् नेपाली नयाँ जनवादी क्रान्तिमाथि छिटो प्रतिक्रान्ति भयो र महान् नेपाली नयाँ जनवादी क्रान्तिले गंभीर प्रकारको धक्का खान पुग्यो ।
नेताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसके पछि कार्यकर्ताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुने कुरै भएन । कार्यकर्ताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नुले गर्दा महान् दस वर्षेे जनयुद्धले गंभीर प्रमुखको धक्का खानुपर्ने भयो । महान् नेपाली नयाँ जनवादी क्रान्तिको यो कठिन यात्रामा ज्यादै दुखद परिघटना हो । यसले महान् नेपाली नयाँ जनवादी क्रान्तिको यात्रामा र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनमा नै गंभीर प्रकारको समस्या हो । यसो हुनुमा यो आम पार्टी पंक्ति भित्र विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै जिम्मेवार रहेको छ ।
यसबाट शिक्षा लिन जरुरी छ । हाम्रो देशमा महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ । आज दक्षिणपन्थी संशोधनवाद महान् नेपाली क्रान्तिको मुख्य बाधकको रुपमा खडा हुन पुगेको छ । यो महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने जिम्मेवारी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आइपुगेको छ । मूलतः नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को काँधमा आइपुगेको छ । यसको निम्ति देशभर छरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गरेर विशाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु यसको पहिलो कर्तव्य बन्न गएको छ । यश भन्दा पहिले महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार संहालिरहेको नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) विचार , सिध्दान्त , कार्यक्रम , आचरण , जीवनशैली , कार्यशैली विश्वदृष्टिकोण आदि विषयमा एकताबध्द हुन जरुरी छ । आन्तरिक काम नै पहिलो हो । बाह्य काम दोस्रो हो ।
यहाँनेर स्पष्ट पार्न विषय के हो भने यहाँ पनि नेतृत्वतहदेखि कार्यकर्तासम्म अर्थात् आम पार्टी पंक्ति भित्र विश्वदृष्टिकोणमा रुपान्तरण हुन आवश्यक मात्र होइन , अनिवार्य सर्त बन्न पुगेको छ । यसको प्राप्तिका निम्ति आम पार्टी पंक्ति भित्र पार्टी स्कुलिङको कामलाई घनिभूत रुपमा सञ्चालन गर्न आवश्यक छ । स्कुलिङविनाका क्रान्तिकारी कम्युनिस्ट पार्टी भनिएका कम्युनिस्ट पार्टीहरुले घोषित लक्ष्य हासिल गर्न नसकेका र प्राप्त उपलब्धिहरुलाई जोगाउन र संरक्षण गर्न नसकेका प्रसस्तै उदाहरणहरु हाम्रो बग्रेल्ती छन् ।
विश्व कम्युनिस्ट आन्दोलनलाई फर्केर हेर्ने हो भने के पाइन्छ भने रुस , चीन जस्ता समाजवादी मुलुकहरुमा प्रतिक्रान्ति हुनुमा आम पार्टी पंक्ति भित्र पार्टी स्कुलिङको अभाव र मुख्य नेतृत्वतहमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै हो । यसरी विश्व कम्युनिस्ट आन्दोलनबाट आजका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु तथा आम नेता कार्यकर्ताहरु समेतले शिक्षाका रुपमा ग्रहण गर्न जरुरी छ । विश्वदृष्टिकोणमा रुपान्तरणको महत्व नबुझ्ने र यसलाई व्यवहारमा लागू गर्न नसक्ने कम्युनिस्ट पार्टीहरुले नत घोषित लक्ष्य नै हासिल गर्न सकेको इतिहास छ , नत प्राप्त उपलब्धिहरुलाई जोगाउन र संरक्षण गर्न सकेको इतिहास छ । यसबाट सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र ती पार्टीहरुका समग्र नेता तथा कार्यकर्ताहरुले शिक्षा लिन जरुरी छ ।
कम्युनिस्ट पार्टीहरुमा जुन विश्वदृष्टिकोणका समस्याहरु समाधान गर्ने एक मात्र पार्टी स्कुलिङ हो भने आम पार्टी पंक्ति भित्र वैचारिक सुढृडिकरण अभियान सञ्चालन अर्को विधि हो । पार्टी पंक्ति भित्र वैचारिक छलफल , बहस सञ्चालन गर्ने विधि पनि ज्यादै महत्वपूर्ण काम हो । अन्तर पार्टी संघर्ष , अन्तः संघर्ष र दुई लाईन संघर्षलाई माक्र्सवादी विधि र पध्दतिद्वारा हल गर्ने आँट गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले मात्र पार्टीलाई एकताबध्द राखिरख्न र आफ्नो घोषित लक्ष्य हासिल गर्न सक्छन् र प्राप्त उपलब्धिहरुलाई जोगाई राख्न र संरक्षण गर्न सक्छन् । विश्व कम्युनिस्ट आन्दोलन सकारात्मक पक्ष हो । यश शिक्षालाई सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आम नेता तथा कार्यकर्ताहरुले यश प्रकारका शिक्षाहरुले जीवन व्यवहारमा लागू गर्नु मुख्य कर्तव्य हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी र ती पार्टीका क्याडरहरुले यो शिक्षालाई कुनै पनि हालतमा भुल्नु हुदैन । कम्युनिस्ट पार्टीको नेतृत्व क्रान्तिकारी मापदण्डअनुसार माक्र्सवाद ( लेनिनवाद ( माओवादको आलोकमा रहेर विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्ता विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनले समेत गंभीर प्रकारको क्षति व्यहोर्नुपरेको छ । यो वस्तवादी यथार्थतालाई आजका विश्वभरका माओवादी क्रान्तिकारीले कदापि भुल्नु हुदैन ।

मिति ः १५ जनवरी २०२१
( लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )।