अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग, नेपाल सिन्धुपाल्चोकको संयुक्त प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग, नेपाल सिन्धुपाल्चोकको संयुक्त प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 
माघ ३ चौतारा इर्खु ।
अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग, नेपाल सिन्धुपाल्चोकको   संयुक्त प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न इर्खुको सामुदायिक स्वास्थ्य चौकी भवनमा सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त भेलाले अर्पणा श्रेष्ठ को अध्यक्षतामा अखिल क्रान्तिकारीको ९ सदस्यीय प्रत्यक्ष नीर्वाचीत भै ६ जना पूर्ण बैठकले मनोनित गरिने गरी १५ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला समिति निर्वाचीत गरियो । जसमा सचिव सौरभ, कोषध्यक्ष कुमारी लामा, सदस्यहरुमा अस्मिता, सरला, प्रकाश, संयम र बुद्धलक्ष्मी रहेका छन् ।


त्यसैगरी अष्ट ल्बोनको अध्यक्षतामा तत, तत स्थानका सदस्यताको प्रतिनिधित्व हुने गरी, ७ जनाको क्रान्तिकारी युवा लिग, नेपाल सिन्धुपाल्चोक समिति गठन गरीएको छ, जसमा सचव रविन श्रेष्ठ, र सदस्यहरुमा विशाल लामा, धन मोक्तान, संजीव, फूर्वा तामांग, सन्दीप लामा रहेका छन् । साथै अखिल (क्रान्तिकारी) को नवनिर्वाचित समितिको बैठक बसी, जिल्लाका सम्वन्धित कमिटी गठन भएका ईलाका ततारूप्ताका साथ ब्यवस्थित गराउने, पालिका र वडा अनी शेल कमिटि हरू पुनर्गठित तथा ब्यवस्था गरी, शिक्षाक्षेत्रमा भएको अनियमिता लाई बिकृति र निजिकरण, ब्यापारीकरण मफिया दलालहरू बिरूद्ध आन्दोलित भै होमिने निर्णयका साथ बैठक सम्पन्न भयो ।


अर्पणा श्रेष्ठ को अध्यक्षता र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष तथा ३ नं प्रदेशका संयोजकः शिलु न्यौपाने को प्रमुख अतिथ्येता, र पार्टी जिल्ला ईन्चार्ज कं सानु , क्रान्तिकारी युवा लिग, नेपाल केन्द्रीय उपाध्यक्ष तथा ३ नं प्रदेश का संयोजकः केशव धलकोटी को विषेश अतिथ्येता र जिल्ला सेक्रेटरी कं पिस्कर, पार्टी ३ नं प्रदेश सदस्य कं द्रिप, देजमो जिल्ला अध्यक्षः तिलक श्रेष्ठ, र अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा को केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षः सुर्य तामाङ को अतिथ्यतामा उक्त भृला सम्पन्न भएको थियो । उक्त भेलाको संचालन संचालन धन   तामांगले गरेका थिए ।