क्रान्तिकारी युवा लिगको काठमाडौं जिल्ला भेला सम्पन्न

असल तामाङको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

प्रकाशित मिति : २०७७ माघ ३

- अनु निरौला

काठमाडौं । क्रान्तिकारी युवा लिगको काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको भेलाले असल तामाङको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन ‘आकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सम्मेलन आयोजक समितिको संयोजकमा असल तामाङ, सहसंयोजकमा सुरेश तामाङ, सचिवमा शंकर बोहरालाई चयन गरेको छ भने सदस्यहरुमा विकास केसी, सन्तोष भारती, कृति राई, अनित महर्जन, विक्रम अमात्य, मानबहादुर तामाङ, पुनित शाह, गगन घर्तिमगर लगायत रहनु भएको छ । भेलाले केही सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।


असल तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नवगठित कमिटिलाई पार्टी केस तथा जिल्ला इन्चार्ज सरुले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भेलामा पार्टी जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, , देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं अध्यक्ष बन्धुदेव पाण्डे लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा क्रान्तिकारी युवा लिगका अध्यक्ष महर्जनले देशमा विकसित राजनीतिक परिस्थितिले नयाँ जनवादी क्रान्तिलाई सन्निकट बनाएको विश्लेषण गर्दै समाजको आमूल परिवर्तनको संघर्षमा फेरि पनि युवाहरुले निर्णायक भूमिका खेल्ने बेला आएको बताउनु भयो । उहाँले युवाहरुलाई संगठित भएर क्रान्तिको ऐतिहासिक अभिभारा पूरा गर्ने दिशामा अगाडि बढ्न आव्हान समेत गर्नुभयो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको वास्तविक समाधान नयाँ जनवादी क्रान्तिबाट मात्र सम्भव हुने भन्दै अहिलेको स्थितिमा संघीय जनगणतन्त्र नै एक मात्र अग्रगामी विकल्प भएकोमा जोड दिनुभयो ।