नेता बास्तोलाको गिरफ्तारी सरकारको फासिवादी कार्य भन्दै चार पार्टीले विनाशर्त रिहाइको माग गरे

प्रकाशित मिति : २०७७ माघ २

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी पार्टीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रतिबन्धित नेकपाका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला‘कञ्चन’को गिरफ्तारीलाई ओली सरकारको फासीवादी कार्यको संज्ञा दिएका छन् ।

चार वटै पार्टीका शीर्ष नेतृत्वको हस्ताक्षरमा जारी विज्ञप्तिमा भिन्न विचार राखेकै कारण गरिएको गिरफ्तारी निन्दनीय र ओली सरकारको फासिवादी कार्य भएको भन्दै विनाशर्त अविलम्ब रिहाई गर्न जोडदार माग गरिएको छ ।

बिहीबार जारी गरिएको विज्ञप्तिमा उहाँहरु लगायत बन्दी जीवन बिताइरहनु भएका सम्पूर्ण राजबन्दीहरुको रिहाईका लागि आवाज उठाउन सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तिहरुलाई विशेष अनुरोध गरिएको छ ।