–जातको उत्पत्ति र दमन

पत्रसाहित्य

प्रकाशित मिति : २०७७ आश्विन ४

- भक्तबहादुर श्रेष्ठ

प्रिय रुकू,
आज म तिमीलाई जातपातको कसरी उत्पत्ति भयो भन्ने बारेमा लेख्दैछु । पहिले त कुनै जातभात थिएन । त्यस बेला कसैलाई युद्धको सञ्चालन र सुरक्षाको काममा चुनेर अधिकार सुम्पिइन्थ्यो । कसैलाई ऋतुहरूको बारेमा विचार गर्ने, बाढी र नदीको गति जान्ने– जसले सामाजिक, आर्थिक प्रगतिलाई गति दिन सकोस् । जिम्मा दिएपछि तिनीहरू नै क्रमशः क्षेत्री, ब्राह्मण हुनगए । पहिलेका पत्रमा पनि यसबारे केही लेखिसकेको छु । बाँकी सबै वैश्यहरू थिए । जनसङ्ख्या बढ्नुको साथसाथै उत्पादन र उत्पादनको साधनहरूको वृद्धि र विनिमय–व्यापारले मानिसलाई विभिन्न पेसामा विभाजित गरेपछि वर्णव्यवस्थाको उत्पत्ति भई जातको उदय भयो । त्यस बेला जातहरू छुट्टिनुको मतलब आफ्नो पेशालाई बुझाउनु थियो र जसले जे काम गर्दथे त्यो त्यही वर्ण वा जातको हुन्थ्यो । एउटै बाबुका दुई छोराहरू पनि विभिन्न जातभात, वर्णका हुन्थे । तर त्यस बेला वर्ण र जात बेग्लाबेग्लै भए पनि भातपानी नचल्ने भन्ने कुरै थिएन—जस्तो सम्झ अहिले हाम्रो समाजमा कुनै बाबुका चार दाजुभाइमा कुनै खेती गर्छन्, कुनै जागिर खान्छन् र कुनै दोकान थाप्दछन् । त्यस्तै खेती गर्नेलाई किसान, जागिर खानेलाई कर्मचारी, दोकान थाप्नेलाई पसले भन्दछन् । त्यसबेलामा आफ्नो योग्यता अनुसार जुनसुकै पेसा लिए पनि पाइन्थ्यो र पेसाअनुसार वर्ण र जात गनिन्थ्यो । यस कुराको प्रमाण धर्मशास्त्रमा पनि पाइन्छ । महाभारत शान्ति पर्वको अध्याय १८६ को श्लोक ६,७ र ८ मा भारद्वाजले भनेका छन् ः

चातुर्वणस्य वर्णेन यदि वर्णो विभज्यते
सर्वेषां खलु वर्णानां दृश्यते वर्णशंकर ।
काम क्रोध भयं लोभ शोकश्चिन्ता क्षुधाश्रम
सर्वेषां न पुत्रवति कस्मादवर्णे विभज्यते ।
तनु रक्षति सर्वेषां कस्माद्वर्णे विभज्यते

अर्थात् ः एक वर्ण र अर्को वर्णमा के फरक छ ? किनभने रङमा त तिनीहरू फरक देखिँदैनन् । यदि रङ्लाई नै ‘वर्णहरू’ छुट्याएको भनौँ भने वर्ण मिलीजुली जाने देखिन्छन् । काम, क्रोध, भय, लोभ, शोक, चिन्ता, सुख, परिश्रम इत्यादि कुरामा एक वर्णदेखि अर्को वर्णमा फरक छैन, तैपनि फेरि वर्णभेद किन भयो ? भृगु जबाफ दिन्छन् ः
न विशेषोस्ति वर्णानां सर्वे ब्राहृमं इिमे जगत् ।
ब्राह्मण पूर्व सृष्टा हि कर्म त्रिर्वणतोगतम ।।

अर्थात् ः सबै पहिले ब्राह्मण थिए, भनाइको मतलब सबै एउटै सङ्गठन भित्रका थिए र ब्राह्मण थिए । पछि ब्राह्मण कर्म र अधिकारका कारण त्यसदेखि बाहिर निस्केर एउटा ‘वर्ण’ भयो ।
ब्राह्मण, क्षत्री र वैश्य यी तीन वर्णमा अर्को वर्ण शुद्र पनि थियो, जो हारेका गणहरूबाट पक्रेका र आत्मसमर्पण गरेका व्यक्तिहरू थिए । ब्राह्मणका छोरा क्षत्री र वैश्य पनि हुन्थे र त्यस्तै शुद्र क्षेत्री र वैश्यहरू आफ्नो कर्मअनुसार ब्राह्मण पनि हुनसक्थे । आफ्नो कर्मअनुसार संस्कृति ब्राह्मणका छोरा दुई जनामध्ये गौरिविति ब्राह्मण र अर्को रन्तिदेव क्षेत्री भएको उदाहरण पाइएको छ ।
तिमीलाई अझ अरू केही उदाहरण दिऊँ, जुन बार्हस्पत्युपनिषद् बज्रच्युपनिषद् मा लेखिएको छ ः
जाविब्र्राह्मण इति चेत तर्हि अन्य जातौं समुद्भवा वहवो मर्हषयः सत्ति । ऋष्यश्रृङ्गो मृग्यां जातः कौशिकः कुशस्तंवान गौतमः शशपृष्ठे वाल्मिकीः वल्मिक्यां व्यासः कैवर्त कन्यायां पराशरश्चाण्डालीगर्भातपन्नः बशिष्ठो बेश्यामः विश्वामित्र क्षत्रियायां अगस्त्य कलशस्जातः मांडव्यो मान्डुकी गर्भोत्पन्नः मातंगो मातंगी पुत्र अनुचरो हस्तिनो गर्भोत्पनः भारद्वाज शुद्री गर्भोत्पन्नः नारदो दाशी पुत्रः इति श्रुयं मे पुराणे । तेषां जातिं विनापि सम्यग ज्ञान विशेषाद ब्राह्मं सत्यं स्वीक्रियते, तस्माज्जात्या ब्राह्मणेन भवत्येव ।

अर्थात् ः यदि जातिबाट ब्राह्मण हुने हो भने धेरै जसो महर्षिहरू तल्ला र निच जातिबाट उत्पन्न भएका छन् । ऋष्यश्रृङ्ग जसले राजा दशरथको पुत्रेष्टि यज्ञ गरेका थिए । हरिणबाट, कौशिक कुशबाट र गौतम खरायोको पिठबाट, बाल्मिकी धमिराको गोलाबाट, व्यास माझीकी छोरीबाट, पराशर चण्डाल्नीबाट, वषिष्ठ बेश्याबाट, विश्वामित्र क्षत्रीबाट, अगस्त्य घडाबाट, माण्डव्य माण्डुकी (भ्यागुती)बाट मातंग मतंगी (हात्तिनी) बाट, भारद्वाज शुद्रीबाट तथा नारद दासीबाट जन्मिएका हुन् । यस्तो पुराणमा पनि सुनिन्छ । यी महर्षिहरूलाई ब्राह्मण भनी स्वीकार गरिएको छ । त्यसैले जातबाट मात्र ब्राह्मण हुँदैन ।
यिनीहरूजस्तै अरूहरू पनि जुन पहिले अब्राह्मण थिए आप्mनो सुकर्मबाट ब्राह्मण भए र ब्राह्मणका छोराहरू पनि नीच कर्मबाट शुद्र भएका उदाहरणहरू पुराणमा पाइएको छ ।
अब के हामीहरू यस कुरालाई झुटो मान्ने ? झुटो हो भने त्यस कुरालाई मात्र किन मान्ने ?
फेरि तिमीले हरिणबाट, कुशबाट, खरायोबाट, धमिराको गोलाबाट, घडाबाट, हात्तिनीबाट, भ्यागुतीबाट जन्मेको भनी आश्चर्यमा पर्लेउ, हुन पनि यस्तो घाँस माटाका ढिस्काबाट, पशु र हाँडाभाँडाबाट मानिस जन्मियो भन्ने कुरा आश्चर्य मान्ने कुरा नै छ । तर, त्यसलाई त्यसरी हेर्ने होइन, जस्तो अहिले हामीहरूकै गाउँघरमा पनि सुन्तलीको छोरो, मेवाकी छोरी, हिमालको छोरा भन्दैमा सुन्तला, मेवा, हिमालको छोराछोरी सम्झिन्छन् र ? मानिसका नै सम्झन्छन् नि । त्यस्तो त त्यसबेलामा पनि हात्तिनी, खरायो, हिरिणी भन्ने पनि मानिस नै हुन् । तर, नीच जातिबाट जन्मिएकाले लेख्नेले साँच्चिकै आश्चर्यका कुरा बनाइदिए र हुनै नसक्ने दैवी शक्तिबाट उत्पन्न भएका हुन्, सराप परेर अथवा बरदान पाएर भन्ने कुराको भ्रमले छोपिदिए । फेरि अर्को कुरा, ती महर्षिहरूको कुरा लुकाउन यसमा लेखकहरूले अनौठो भ्रम पारिदिए । अनैतिक व्यवहारहरू गरेर बच्चा जन्माएको कुकर्म लुकाउन कसैले धमिराको गोलामा लगी, कसैले घडामा राखी, कसैले कुशको झाँङमा लगी फालिदिए । अनि कोही अर्कोले त्यसलाई भेट्टाए र त्यसलाई पाल्न थाले, अनि त्यही बच्चा आफ्नो गुण र कर्मले ब्राह्मण हुनगयो । अहिले हाम्रो समाजमा पनि व्यभिचारीहरूको व्यभिचारमा परेर कर्यौले गल्ली र झाडीमा सालनाल सहितको बच्चा फयाँकिएको तिमीले सुनेको हुनुपर्छ ।
यस्ता त्रिकालदर्शी सच्चरित्र ब्रह्मचारीहरूबाट पनि यस्तो हुनसक्छ र ? यो त मलाई भ्रम दिएको हो भनी तिम्रो मनमा पर्नजाला । मैले तिमीलाई भ्रम दिएर के फाइदा ? तर तिमीले चार महिनासम्म चतुर्मास सुनेको पुराणहरूमा पनि सुन्नुपर्ने हो, तर तिम्रा पण्डित बाजेले यी कुराहरू बङ्ग्याएर भनेको पनि हुनसक्छ । त्यही हामीलाई स्वर्गतिर दौडाउने पुराणहरूबाट नै मैले तिमीलाई लेखेको हुँ । तिम्रा पण्डित बाजेले उफ्रीउफ्री गुनगान गाएको, महान् ब्रह्म ज्ञान प्राप्त गरेको र स्वर्गलाई आफ्नो पानीपँधेरो बनाउन सक्ने वृहस्पति, चन्द्र, पराशर, विश्वामित्र, भारद्वाज, सरद्वाज, विभाण्डग, मित्रावरुण जस्ता ऋषि मुनिहरूको केही कथा सुनाउँछु, जुन कथा सुन्दा हाम्रा बुढापाकाहरू स्वर्गतिर जान पाउने इच्छा राख्दछन् । देवताहरूका गुरु वृहस्पतिको बारेमा श्रीमद्भागवत अध्याय २० मा यस्तो लेखिएको छ ः
तस्यैव बितथे वंशे तदर्थं यजन सुतम् ।
मरुतसोमेन मरुतो भरद्वाज मुपावधु ।।
अन्तर्पत्न्यां भ्रातृपत्न्यां मैथुनाय बृहस्पति ।
प्रवृत्तो वारित्तो गर्भे शज्जा वीर्यमवासृजत ।।
तं प्रयुक्त कामां ममतां भर्तृंत्यारा विशंकिताम् ।
नाम निर्वचनंतस्य श्लोक मने सुराजगुः ।।
मुढे भरद्वाज निर्म भरद्वाजं बृहस्पते ।
यातौ यदुक्ता पितरौ भरद्वाजस्ततस्त्वयम् ।।
चोयोमाना सुरेरैव मत्वावितथमात्मजम् ।
व्यासृजन्मरुतो विभ्रन्दन्तोùयं वितथेùन्यये ।।
अर्थात् ः आफ्नो वंशको नाश भएपछि राजा भरतले मरुत, सोम नाम गरेको यज्ञको अनुष्ठान गरे । यस यज्ञमा मरुत देवताहरूले राजालाई भरद्वाज नाम गरेको छोरो दिए । एक समय बृहस्पतिलाई कामदेवले अति पारेर आफ्नो भाइकी गर्भवती स्त्रीलाई हुन्न भन्दाभन्दै पनि सम्भोग गर्न तम्सिएर गर्भलाई श्राप दिएर आप्mनो विर्य छोडिदिए ।आफ्नो लाग्नेले छोड्ला भन्ने डरले बृहस्पतिको विर्यबाट जन्मेको बालकलाई छोडिदिन खोजिन् । त्यस बालकको नामकरण गर्दै देवताहरूले यो श्लोक भने ः वृहस्पतिले ममतालाई भने “हे मुढे ¤ एक क्षेत्रमा दुई जनाको विर्यबाट जन्मेको छोरालाई पालेर राख” र ममताले पनि वृहस्पतिलाई भनिन् कि “हे वृहस्पति ¤ तिमी यो द्वाज (दुई जनाको विर्यबाट जन्मेको) पुत्रलाई पालन गर” । यसो भनेर माता (ममता, पिता, वृहस्पति) दुवे जना हिँडे । त्यसैकारण त्यो बालकको नाम ‘भारद्वाज’ भयो । देवताहरूले यस्तो भनेर पनि उतथ्यले अर्थात् व्यर्थ (किन भने व्यभिचारबाट जन्मेको छोराले दिएको पिण्ड दान क्षेत्री बाबुले पाउँदैन) जानेर त्यहीँ छोडिदिए । अनि मरुत देवताहरूले त्यसलाई पाले र जुन बेला राजा भरतको वंश विनष्ट भइरहेको थियो, उसलाई उनैलाई दिए ।
एकातिर बृहस्पतिले आफ्नी भाइबुहारीमाथि व्यभिचार गरे भने अर्कोतिर उही वृहस्पतिकी स्वास्नी जसलाई गुरुआमा भन्नु पर्दथ्यो, महर्षि अत्रिका छोरा चन्द्रले बलजफ्ती हरण गरी व्यभिचार गरे । यो कुरा श्रीमद्भागवतको अध्याय १४ उल्लेख छ ः
सोùयद्राज सुयेन विजित्य भुवनत्रयम् ।
पत्नी बृहस्पदेपात् तारां नामाहरदबलाद् ।।
यदा सदेवगुरुणां याचितोùभिक्ष्णाशो मदात् ।
नात्यजत तत्कृते जज्ञं सुरदान वविग्रह ।।
अर्थात् ः चन्द्रले त्रिभुवन जितेर राजसुय यज्ञ गरे । त्यसैको घमण्डले आफ्ना गुरु वृहस्पतिकी श्रीमती तारालाई बलपूर्वक हरण गरेर लगे । देव गुरुले बारम्बार माग्दा पनि चन्द्रमाले घमण्डी भएर दिएनन् । त्यसको लागि देवता र दानवबीच लडाइँ भयो ।
वृहस्पति र शुक्रबीच रिसइवी भएको हुनाले शुक्राचार्यले असुर पठाएर चन्द्रमाको सहायता गरेका थिए । पछि ब्रह्माले हप्काएर फिर्ता दिलाइदिए । चन्द्रमा पट्टिबाट ताराले बुध जन्माए भन्ने छ ।
जसलाई हामी काम, क्रोध, लोभ, मोह छोडेका त्रिकालदर्शी भनेर बयान गर्दछौँ, तिनले कामक्रोधलाई जितेका थिए त ? महर्षि पराशरले पनि कुमारी सत्यवतीलाई ललाइफकाई उनको विरोधमा पनि आफ्नो कामवासना मेटे । यो कुरा महाभारत ‘आदि पर्व’ अध्याय ६३ मा वर्णन गरिएको छ । त्यसको २ श्लोकबाट नै थाहा पाइन्छ । उनी काम वासनाले अन्धो भएर कुमारी सत्यवतीलाई एकान्त पारेर सम्भोग गर्ने इच्छा प्रकट गर्दछन् र डराईडराई सत्यवती भन्छिन् ः
विध्दिमां भगवत ¤ कन्या सदापित्रुवशानुगाम् ।
त्वत्संयोगाच्च दुष्येन कन्याभावो ममानध ।।
कन्यात्वे दुषिते वापि कथंशक्षो द्विजोत्तमः ।
गृहे गन्तुमृषे चाहं धीमन ¤ नस्थातु मुत्सरे ।।
एतत संचिन्त्य भगवन् ¤ विधत्स्व यदनन्तरम् ।
अर्थात् ः हे भगवन् ¤ मलाई एउटा पिताको वंशमा भएको कन्या जान्नुहोस् ¤ हे पापरहित महर्षे ¤ तपाइँसँगको समागमबाट मेरो कन्याभाव नाश भएर जान्छ । कन्याभाव नाश भएर गएपछि हे द्विज श्रेष्ठ ! म आप्mनो घर कसरी जान सकँुला । हे बुद्धिसम्पन्न ! यो सबै कुरालाई विचार गरेर जे गर्नुपर्छ त्यसै गर्नुहोस् ।
उनले आडम्बरी पराशरदेखि डराईडराई दयाको भिक्षा मागिन् । तैपनि कामले मदमत्त भएका धर्मात्मा गनिएका ऋषिले आफ्नो इच्छा पूरा गरिछोडे । त्यस्तै काम वासनामा लिप्त हुनु हुँदैन, परस्त्रीलाई आमा बराबर सम्झनुपर्छ भन्ने ब्रह्मर्षि पद प्राप्त गरेका विश्वमित्रले पनि आपूmलाई वासनाको दास बनाए । महाभारतको ‘आदि पर्व’ अध्याय ७२ मा लेखिएको ३ श्लोक मात्र बताउँछु ।
तस्या रूपगुणां दृष्ट्वा स तु विप्रर्षयस्तदा ।
चकार भाव संसर्गात् तया कामवशं गत ।।
न्यमंवयत चाप्येनां सा चाप्यैच्छद निन्दिता ।
तौ तन्त्र सुचिरं कालमुभौव्याहरतां तदा ।।
रममाणौ यथाकामं यथकै दिवसं स तथा ।
जनयामास स मुनिर्मेनकायां शकुन्तलाम् ।।
अर्थात् ः ब्रह्मर्षीहरूमा श्रेष्ठ विश्वमित्रले उसको रूप र गुण देखेर कामको बसमा परेर उनको साथमा सम्भोग गर्ने इच्छा गरे । उनले आपूm भएको ठाउँमा बोलाएर खोट लगाउन नसकिने सुन्दरी उनले पनि सम्भोग गराउन राजी भइन् । ती दुवैले त्यहाँ धेरै दिनसम्म इच्छा नमेटुन्जेल विहार गरे । मनमानीसँग निर्धक्क भएर विहार गरेको हुनाले धेरै दिनसम्म पनि उनीहरूलाई एक दिन जस्तो लाग्यो । मुनिले मेनकाबाट शकुन्तलालाई पैदा गरे ।
यसरी जन्मेकी शकुन्तलालाई न विश्वमित्रले नै पाले न मेनकाले । ऋषिआश्रममा छोडी तिनीहरू आआप्mनो ठाउँमा गए । तिनीहरूलाई कामवासना मेटाउनु मात्र थियो ।
यस्ता महर्षि, देवर्षि, बह्मर्षी, त्रिकालदर्शी भनिएका महात्मा बनिएकाहरूको चरित्रबारे धेरै उदाहरणहरू छन् । ऋषि भनौँदाहरू आफ्नो कामवासनालाई एक छिनसम्म रोक्न सक्दैनथे । यिनीहरू यति चाँडै कामदेवको बसमा पर्थे, बयान गरी साध्यै छैन । महाभारत ‘आदि पर्व’ को अध्याय १३१ मा भरद्वाजको बारेको एउटा कथा फेरि सुनाउँछु ।
सोùभिषेक्तुं ततो गंगा पूर्वमेवागगन्नदीम् ।
महर्षिभिर्भरद्वाजो हविकर्दाने चरन पुरा ।।
ददर्शाप्सरसे साक्षाद् घृताची माप्लुतामृषि ।
रूपयौवन संम्पना मदहप्तां महालमान ।।
तस्याः पुनर्नदीतिरे बसर्न पध्र्यवर्तन ।
व्यपकृष्टांवरा दृष्टवा तामृषिश्चकमेततः ।।
तत्र सशक्त मनशो भरद्वाजस्यधीमतः ।
ततोùस्य रेतश्चस्कन्द तद्दृषिद्रोण आदये ।।
ततः समभवद् द्रोणाः कलसो तस्य धीमतः ।
तध्यगीष्ट स वेदांश्च वेदंकाङ्गनी च सर्वशः ।।
अर्थात् पूर्वकालमा महर्षि भरद्वाज अग्नि होत्र गर्ने ध्येयले अरू महर्षिहरूसँग गङ्गामा नुहाउन गए । त्यहाँ उनले, रूप र यौवनले सम्पन्न भएकी साक्षात् घृताची अप्सरा यौवनले मदमत्त भएर बसिरहेकी थिइन, नुहाएर उठ्दाखेरि देखे । फेरि नदीको तिरमा घृताचीको बस्त्र कम्मरबाट खस्यो । उनलाई नाङ्गो अवस्थामा देखेर महर्षि एकदम कामको वसमा परे । भारद्वाजको मन त्यो सुन्दरीमाथि आसक्त हुनगयो र उनको वीर्य स्खलन भयो । त्यस वीर्यलाई उनले द्रोण (कलश) मा राखिदिए । महर्षिबाट द्रोणको जन्म भयो, जसले सबै वेदवेदाङ्गको अध्ययन गरे ।
यसमा विचार गर त । सुन्दरीको सौन्दर्य देख्दैमा कामले पीडित भई वीर्य गिराउने महर्षिहरू के इन्द्रिय रोक्न सक्ने ठहरिए त ? कस्तो आश्चर्यको कुरा ! वीर्य कलशमा राख्नासाथ कलशलाई नै गर्भ रहन गयो । के यो पत्याउने कुरा हो त । यो त ढाकछोप गर्ने कुरा मात्र हो । यसमा लेख्ने ब्राह्मणहरूले पक्ष लिएका छन् । यस्ता व्यभिचारीताको पक्ष लिएर मानिसलाई भ्रम दिन खोजेको उदाहरण हामी पुराणहरूमा प्रशस्त पाउँछौँ ।
अर्को कथा पनि सुन, महाभारत ‘आदि पर्व’ को अध्याय १३० मा गौतम बुद्ध सरद्वाजको कथा । गौतम पुत्र सरद्वाजको जानपदी अप्सराको रूप सौन्दर्य देखी मोहित भएर कामदेवलाई बसमा राख्न नसकी उन्मत्त भएर विह्वल भई शुद्धिबुद्धि हरायो र सरद्वाजलाई आफ्नो वीर्य खसेको थाहै भएन । त्यो वीर्य सर्कन्डको जरामा खस्यो । त्यसमा एक छोरा र एक छोरीको उत्पन्न भयो । त्यसलाई सन्तनुले पालेर क्रिप र क्रिपी भन्ने नाम राखे ।
लेखकलाई धन्यवाद ¤ उनको चातुर्यलाई । के सरद्वाजमुनि निर्वाङ्ग÷नाङ्गै हिँड्थे त ? के उनी बहुलाहा थिए त ? फेरि नाङ्गै हिँड्दैनथे भने कसरी वीर्य बाहिर खस्यो ? अर्को कुरा सर्कन्ड झारले पनि मानिसको गर्भ लिन सक्छ ? आश्चर्य छ । स्पष्ट छ उनीले जानपदीसँग यौन सम्बन्ध राखे र उनी गर्भवती भएपछि जुम्ल्याहा सन्तान भए । त्यो गुप्त सम्बन्धबाट जन्मेको छोराछोरी फ्याँकिदिए र सन्तनुले पाले । यस्ता कुराहरूको विश्वास मान्ने हाम्रो समाज अन्धो होइन त ? यस्ता कुरा अनगिन्ती छन् ।
अध्यात्म रामायणमा ‘बालकाण्ड’ सर्ग ३ मा वर्णन गरिएको अर्को कथा पनि सुन ः
एकचोटि महर्षि विभाण्डक कुनै ठूलोे तलाउमा स्नान गरिरहेका थिए । त्यसै बेला उर्वशी उनको अगाडिबाटै गयी । उर्वशीलाई देखेर मुनिको वीर्य स्खलित भयो । त्यो वीर्य पानी खान आएको मृगले पिएपछि गर्भिणी भयी । त्यसैबाट ऋष्यश्रृङ्गको जन्म भयो ।
श्रीमद्भागवत स्कन्ध ९ अध्याय १ अथवा वाल्मिकी रामायण उत्तरकाण्ड सर्ग ५५ अध्याय ५७ मा लेखिएको पनि सुनाइ हालौँ ः
उर्वशी अप्सरा जलासयमा खेलिरहेको देखेर त्यहाँ आएका मित्र र बरुण दुवै देवता यतिसारो कामपीडित भए कि दुवैले एउटा घडालाई उर्वशीको योनी कल्पना गरी त्यसमा वीर्य गिराइदिए । त्यसैबाट पहिले अगस्त्य र पछि वशिष्ठको जन्म भयो । हाम्रा हिन्न्दू धर्मशास्त्रमा यस्ता व्यभिचारी कुराहरू थुप्रै छन् । तर तिनै महर्षिहरूका पुस्तकको पूजा गरेर स्वर्ग जान खोज्ने हाम्रो हिन्न्दू समाज कम आश्चर्यको छैन ।
यो सुनेर तिमीलाई कस्तो नराम्रो लाग्ला, यो अहिलेको सामाजिक व्यवस्थामा नराम्रै लाग्ने कुरा हो—त्यसबेला यस्ता काम कुराहरू खुलेआम हुन सक्थे । व्यभिचारी भएर पनि प्रतिष्ठित व्यक्ति भएका कारण कसैले केही बोल्न सकेनन् । त्यस बेलाका लेखकले स्पष्टसित लेख्न नसकी भ्रमात्मक कुरा लेखिदिए, सत्यलाई ढाकछोप गरे ।
मैले त तिमीलाई पहिलेको जातपात कस्तो थियो ? जात कुनै ईश्वरले सृष्टि गरेको होइन यो त यही मानिसको समाजबाट नै सिर्जना भएको हो भन्न थालेको र पहिले जाति भए पनि विभिन्नता थिएन भन्नेबारे बुझाउन खोजेको थिएँ । कुरा त अर्कैतिर गएछ । तिमीलाई झिजो पनि लाग्यो होला यसरी एउटै चिठीमा नै तिमीलाई पट्याइलाग्दो पारेँ भनेँ भोलि अर्को चिठी देख्नासाथ तिम्रो टाउको दुख्न पनि सक्छ । त्यसैले पत्र टुङ्ग्याउनुभन्दा पहिले दिक्क नमान्न आग्रह गर्दछु ।
अहिलेको हाम्रो समाजमा यस्ता कामहरू व्यभिचार र अपराधपूर्ण मानिन्छन् । त्यसलाई समाजबाट छिः छिः र दुर दुर गरिन्छ । हुन त सामन्ती पुँजीवादी मनोवृत्ति भएको अहिलेको समाजमा यस्तो व्यभिचार नभएको र नहुने गरेको छैन । अहिले अनुहारमा सभ्यताको मखुण्डो लगाई गोप्य रूपमा गर्छन् । त्यसबेलामा भने यो खुलेआम रूपमा हुँदोरहेछ भन्ने देखाउँछ । यसबारे पहिलेको बिहाबारीको चलन र स्त्री–पुरुषको सम्बन्ध कस्तो थियो भन्ने बारेमा छुट्टै पत्र लेखेर पठाउँला । समाजमा यस्ता अनैतिक काममा त्यसबेला घृणा भइदिएको भए, त्यसबेलाका ऋषिमुनिहरूलाई यसरी त्यसबेलाको समाजले किन मान्यता दिन्थ्यो ? अहिले पनि धनका थुप्राहरूका प्रतिनिधि भएकाहरूमा यो कुरा लागू हुँदैन ।
यसरी जातपात पनि ईश्वरले सृष्टि गरेको होइन रहेछ भन्ने प्रस्ट हुन्छ । यो त कामअनुसार विभाजन भई पछि मात्र जातपातले कट्टरता लिएको हो र तिमीले व्यभिचारबाट जन्मेका सन्तान, नीच जाति मानिएका स्त्री जतिलाई जन्मेको सन्तान पनि कर्मले ब्राह्मण हुन पाउँदा रहेछन् भन्ने बारे बुझ्यौ । अब म तिमीलाई जातभातको कट्टरताको उत्पत्ति गरी वर्ग र वर्णहरूले कसरी अरू जातिलाई थिचोमिचो गर्दै दबाउँदै त्यसका लागि शास्त्र रचना गर्दै आएका छन् भन्ने विषयमा लेख्नेछु ।
तिम्रो उही
जीवन साथी
भद्रगोल कारागार, काठमाडौ“, २०२५