
कारोना भाइसर (कोभिड–१९)
यो नयाँ प्रजातिको भाइरस हो । यसले सामान्य रुघाखोकी देखि गम्भीर स्वासप्रस्वाससम्म गराउन सक्छ । यो भाइरस नाक र मुखको माद्यमबाट मानिसको शरीरमा प्रवेश गर्दछ । संक्रमित व्यक्तिको संसर्गमा आउने मानिसहरूमा उक्त भाइरस सर्न सक्छ । संक्रमित व्यक्तिले खोक्दा, हाच्छियुँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटाहरुमा भाइरस हुन्छ । संक्रमितहरुको नजीक बस्ने मानिसहरूमा यो भाइरस सर्न सक्छ । भाइरसले पहिला घाटी , स्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्दछ । बिस्तारै ती अंगहरुलाई कोरोना भाइरसले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गरेर गम्भीर असर पुर्याउन सक्छ । जुन मानव जातिमा पहिलो पटक डिसेम्वर २०१९मा चिनको वुहान प्रान्तमा पहिचान भएको थियो । यो भाइरस पशुबाट मानिसमा प्रसार भै हाल मानिस बाट मानिसमा संक्रमण फैलिदै गएको विश्व स्वास्थ संगठनले पुष्टि गरेको छ ।
चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्व भरि नै फैलिएको छ । अहिले विश्वभरी कोरोना भाइरस संक्रमण र त्यसबाट हुने रोगको त्रास छरिएको छ । त्यसकारण अधिकांश देशका मानिसहरूको गतिविधिहरु अत्यावश्यक काममा मात्र सिमित भएका छन । उक्त भाइरस फैलिन नपावोस भनेर सरकारले अवलम्बन गरेको उपाय स्वरुप अधिकांश मानिसहरू लामो समयदेखि घर भित्र थुनिएका छन । कारोना भाइसर (कोभिड–१९) जस्तो औसधि उपचार पत्ता नलागेको रोग लाग्नै नदिनु र महामारी फैलिनबाट रोक्नु सरकारको दायित्व हो । तर लकडाउन लागु गरेपछि श्रमिक, मजदुर र निर्धन नेपालीहरुको चुल्हो कसरी बल्छ र के पाक्छ भन्ने बिषयमा सरकारले ध्यान दिन आवश्यक थियो । यो बन्दाबन्दिको अवस्थामा रोगले भन्दा नि भोकको छट्पटीले मानिसहरूको मृत्यु भैरहेको छ । चैत्र ११ बाट सुरुभएको लकडाउनका कारण कयौं मानिसहरू खान लाउन र बस्न नपाएकै कारण मृत्यु वर्ण गर्न बाध्य भएका छन । यसको कुनै लेखाजोखा सरकारले राखेको छैन । दिनहुुँ कोरोनाको त्रास जनमानसमा आतंक बनेर फैलिरहेको छ । त्यसको विकल्पमा सरकारले कुनै दीर्घकालीन योजना बनाएको पाइदैन । उल्टो आफै लुटपाटको मार्गतिर धकेलिएको देखिन्छ ।
नेपाल सरकारले कोरोना भाइरस महामारीको यो अत्यन्त विषम र द्रुतगतिमा बिग्रदो परिस्थिति बीच पनि गर्नै पर्ने कामहरु पनि गरेको छैन । खासगरी महामारी नियन्त्रण , जनताको जीवन रक्षा , अर्थतन्त्र चलायमान बनाउने चेष्टा र बिदेशमा अलपत्र परेका आफ्ना देशका नागरिकहरूको उद्दार जस्ता न्युनतम प्रयास पनि गरेको पाइदैन । महामारी नियन्त्रण गर्न मात्र हैन अन्य थुप्रै जेम्मेवारी वहन गर्नै पर्ने कार्यहरूबाट सरकार चुकिरहेको छ । किसानहरू बाली लगाउने समय बितिसक्दा पनि रासायनिक मल नपाएर बिभागिय मन्त्री विरुद्ध नारा लगाउदै सडकमा आएका छन । मजदुरहरु न कामका न घरका भएकाछन । उनीहरुको गास , बास र कपासको कहालिलाग्दो बेठेगानका कारण निराश मात्र हैन छोराछोरीको भोकको छट्पटी सहन नसकेर पल पल मरिरहेका छन । अर्र्काेतिर महिला हिंसा , बलात्कार र हत्या जस्ता जघन्य अपरधहरु वंश वृक्ष झैं मौलाइरहेको छ । हाम्रो देशमा राष्ट्र प्रमुख महिला , प्रधानन्याधीश , सभामुख र केही क्रान्तिकारी महिला नेतृत्व राज्यसत्तामा रहदा पनि यस्ता अपराधिक गतिविधि न्यूनीकरणको पहलसम्म नगरेको अवस्था छ । अहिले शिक्षाक्षेत्र अन्योलग्रस्त रुपमा अगाडि बडिरहेको अवस्थामा साठी लाख विद्यार्र्थीको भविष्य पनि अन्योलग्रस्त नै छ । अर्र्कोतर्फ बाढीपहिरोबाट नेपालका विभिन्न स्थानमा जनधन नष्ट भएकाछन । यस्ता जोखिमपूर्ण स्थान अन्यत्र सारिनुपर्ने त्यतातिर सरकारको ध्यान नै जादैन । यस्ता भाइरसै भाइरसको महामारीमा कसरी जोगिन सकिन्छ भन्ने प्रश्न , जिज्ञाशा आम नागरिकको मनमा छ । तर सरकार मात्र लकडाउन लकडाउन भनिरहेको छ ।
कोभिड संक्रमण मानिसहरूमा यतिबेला त्रास ,भोक र विभेदको चपेटामा विकाराल बन्दै गइरहेको छ । यस्तो महामारीमा पनि सरकारको कुनै बलियो भरपर्र्दाे योजना कहिँ कतै देखिदैन । जताततै विभेद , बेथिति र प्राकृतिक प्रकोप मात्र देखिन्छ । लामो समयदेखि जनतालाई बन्दाबन्दिमा राखे ता पनि सरकारले कोरोना विरुद्ध केही तयारी गरेको देखिदैन । भाइरस संक्रमितलाई आफै उपचार गर भन्ने गैर जिम्मेवारपुर्ण अभिव्यक्ति दिनु , स्वाब परिक्षणको नतिजा कुर्दाकुर्दै बिरामीको मृत्यु हुनु , उपचार गराउने अस्पताल प्रयाप्त नहुनु ,भएका आइसोलेसनहरु सुंगुरको खोर जस्तै हुनु , संक्रमितहरुप्रती अमानवीय व्यबहार ,चरम लापरवाहीका कारण आसोलेसनमा बसेकाका मानिसहरुको मृत्यु भैरहेको छ । के यो सरकारको गैरजिम्मेवारीपन हैन ? निषेधाज्ञामा मात्र जोड दिँदा रोगबाट भन्दा पनि भोक र मानसिक रोगले मानव बिनाश हुने निश्चित देखिन्छ । यस्तो अवस्थामा पनि सरकार र त्यहाँ भित्र आबद्ध अधिकांश नेताहरु विभिन्न राजनीतिक दाउपेच र आफ्ना नातेदारहरु नियुक्त गर्न मै लागि परेको छन । नेपाली जनताले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आएको छ ।
अनावश्यक कोरोना भाइरस संक्रमणबाट मरिहालिन्छ भन्ने डर , त्रास ,चिन्ता मानिसहरूमा झनझन बढिरहेको छ । दिनभरी कामगरेर साझ विहान छाक टार्न बाध्यहुनेहरु भोकभोकै थुनिदा भोकै मरिने डर र त्रासमा छन । कोरोना भाइसको अनावश्यक डर,त्रास र आतंकले मानिसहरूमा उत्पन्न मानसिक तनाव । यो रोगबाट आफुपनी संक्रमित भैहालिन्छ कि भनेर उत्पन्न भएको डर , त्रास र भ्रम पैदा भैरहेको छ । भिडभाडमा जान डराउने, मानिस मानिस विचमा कुराकानी , छलफल गर्न डराउने एक अर्कामा अछुत झै व्यबहार गर्ने जस्ता क्रियाकलाप डर त्रासले पैदा भैरहेको छ । सामान्य रुघाखोकी लाग्दा पनि कोभिड १९को लक्षण भनेर डराउने आतिने , चिट पसिना आउने , छट्पटी हुने र निन्द्रा नपर्ने, मरिन्छ भन्ने भयका कारण हुने हो । यस्तो हुनुनै मानिसहरुमा मानसिक रुपले देखा परेको एउटा मानसिक रोग हो ।
यसैगरी मनोबल कमजोर भएको र तनाव उच्च भएको अवस्थामा अन्य रोगहरुले पनि आक्रमण गर्ने भएकाले सम्पुर्ण व्यक्तिहरुले मनोबल उच्च बनाउनुपर्छ । यो कोरोना भाइरसबाट मरिहालिदैन । भोकभोकै चै मर्न सकिन्छ । सरकार जनताप्रती नम्र र विवेकि हुनुपर्छ । दुईतिहाइको अहंकार र घमण्ड त्याग्नुपर्छ । सरकारले तनमनले जनताको सेवा गर्नुपर्छ । सरकारको कर्तव्य जनताप्रति जिम्मेवार हुनु हो । प्रत्येक शब्द, प्रत्येक नीति, जनताका हितहरुसित जोडिनु पर्छ । सम्पुर्ण जनताप्रति जिम्मेवार हुनुपर्छ ।
अन्त्यमा यो कोरोनाको डर त्रासले भन्दा भोकको पिडाले आम मानिसहरुको जीवन संकटग्रस्त भएको छ । यो लामो लकडाउनको कारण अधिकांश सबैक्षेत्रका श्रोत साधन ठप्प भएकाले श्रमिक वर्ग उच्च मारमा परेर बिचल्ली भएको छ । यस्तो अवस्थामा जनतालाई सरकारले उच्च मनोबल बनाउने चेतनामूलक कार्यक्रम कोरोना मारमा परेका समुदायहरुका मानिसहरुलाई घरघरमा उचित राहतको व्यवस्था गर्नुपर्छ । सर्वसाधारण जनताको भाइरस टेष्ट र उपचार निशुल्क हुनुपर्छ । यदि सरकार जनताप्रति गैरजिम्मेवारपुर्ण प्रस्तुत हुँदै गएमा आगामी दिनहरुमा कारोना भाइसर (कोभिड–१९) संक्रमित भन्दा भोकभोकै आत्माहत्या गर्ने र विभिन्न तनावकै कारणले मानसिक रोगीहरुको संख्या बढ्ने सम्भावना देखिन्छ ।































