प्रकृतिमा भएको राशायनिक परिवर्तनसँगै जीवजन्तु, बनस्पतीको विकास अनि मानव विकास प्रक्रिया शुरु भएको तथ्यहरू प्रमाणित छन् । प्रकृतिले गरेको अदभूत प्रगतीलाई नियालेर हेर्नेहो भने हामी तीन छक पर्ने छौं । वास्तवमा सूर्यबाट उछिट्टीएर आएको एउटा टुक्रा पृथ्वीमा कसरी यस्तो प्रकृतिले अदभूत सुन्दरता भरिदियो । यसैको एउटा सानो भाग मानव जाती विकास प्रक्रिया हो । हामीले हामीलाई संसारको सबै भन्दा सचेत भनेर भन्ने गरेका छौं तर कसरी ? वा के कति कारण ? भनेर प्रश्न गर्नेबेला आएको छ किनकी हामीले प्राणी जगतको हितको कुरा एकातिर गरिरहेको छौं भने अर्कोतिर आफ्नै मानव जातीको हित सम्म गर्न नसकेको अर्को स्थिति छ । व्याख्या विश्लेशनले मात्र पुग्दैन त्यसलाई प्रयोगबाट सिद्ध गर्नुपर्ने कुरा महत्वपूर्ण कुरा हो । प्राणी जगतको हितको मात्र कुरा गरिरहँदा दिनानु दिन बनजंगल र बन्यजन्तुको विनाश पनि त्यतिकै अनियमित ढंगले भइरहेको छ । लोककल्याणका लागि जीवजन्तु र वनस्पतिको अस्थित्व परिपुरक मानिन्छ । त्यसैगरि संसारमा रहेका सबै प्राणीहरूको अस्थित्व परिपुरक हुने कुरा इकोशिष्टमको नियमले प्रमाणित गर्दछ । तर एउटाको अस्थित्व माथि अर्काले निरन्तर अनाहकमा प्रहार गरिरहने कुराले उसलाई परिरहेको घाटाले आपूmलाई पनि दुई गुणा घाटा हुन्छ भन्ने कुरा पनि इकोशिष्टमले सिद्ध गरेको छ । संसारमा संतुलन चाहिन्छ र सन्तुलनका लागि एक अर्काको अस्थित्वको पनि त्यतिकै ख्याल गर्नु पर्ने हुन्छ ।
पृथ्वीमा एक छत्र राज गरिरहेको डाइनोसरको पतन कसरी भयो ? अनि जमिन मुनी दुलामा त्रासमा बाँचिरहेका मुसा वा खरायो प्रजातकिा म्यामलहरू आज संसारलाई चुनौति दिन सक्ने स्थितिमा कसरी पुग्ये ? ग्रह उपग्रह सम्म पुगेर त्यहाँ बस्ने परिकल्पना कसरी गरे ? संसारकै सबै प्राणीहरूको भक्षक शक्तिशाली डाईनोसरहरूले सहन गर्न नसकेको उल्काबाट निस्केको आगोको राप यी साना प्राणाीहरूले कसरी व्यवस्थित गर्न सके होलान? यो आश्चर्य लाग्ने कुरा छ । आज हामीहरू सँधै आफ्नो अस्थित्व जोगाउनका लागि भुकम्परहित घर बनाउने स्वचमा छौं पहिले भने गह्रुँगा र बलिया चिजहरू प्रयोग गरेर ठुलाठुला महल बनाउने गरिन्थ्यो । आज सम्म पनि सिमेटण्ट, बालुवा, सरिया, इट्टा र ढुङ्गा आदिले कहिल्यै नभत्कीने घर बनाउने चिन्तनका कारणले बनाएका घरहरू मानविय त्रासका विषय बनेका छन् । यो कुरा त नेपालको राजधानी काठमाडौंमा आएको महाभूकम्पका कारणले कयौं जना मानिसहरुको मृत्यूको कारणले संसार तर्सिएको छ जसबाट नजिक जजिक र ठूलाठूला महलहरू बनानउँदा भुकम्पको शिकार भइने कुरा छर्लङ्ग भएको छ । हुन पनि आज जमिन मूनी बस्दा पनि खतरा हुने डर छ भने जमिन वाहिर बस्दा पनि ठुला महलहरू भत्कीएर वंशनाश हुने स्थिति छ । त्यसैले आजको आवश्यकता र बुझाइले जमीनमा अलि टाढा टाढा छाप्रोहरू बनाएर बस्नु नै सुरक्षित मानिन थालेको छ । त्यसमा पनि हलुका पदार्थबाट निर्मीत ब्लकहरू बजारमा प्रशस्त पाइन थालेको छ । हिजो छाप्रोमा बस्ने मानिसहरूलाई हेला गर्ने ठुला अग्ला महलहरूमा बस्नेहरू आज त्यही छाप्रो व्यवस्थापन गर्ने पक्षमा आएका छन् । त्यसैले मानिसहरू आज एकातिर आफ्नो अस्थित्व जोगाउनका निम्ति सधै सजक हुदैनन् । हुँदा घमण्ड गर्ने नहुँदा रुने एक मात्र जाती मानव हो । लोभि, पापी, छलि, कपटी, जाली, झेली, घमण्डी, पाखण्डी, मुर्ख मानिसले मानिसलाई प्रयोग गर्ने भाषा हुन । किनकि मानिसहरू समान्यतया त्यसै गरिरहेको देखिन्छ । यी खासमा आलोचना गर्नका लागि प्रयोग गर्ने शब्द भएको हुनाले यस्ता शब्द मानिसहरूका अप्रिय शब्द हुन । यस्ता शब्दहरू कसैले मलाई प्रयोग नगरोस भन्ने प्रत्यक व्यक्तिको चाहना हुन्छ । तर त्यसका निम्ति उ आपूm सच्चा र पवित्र हुनको सट्टा आपू्m आफ्नो सत्यतालाई ध्यानमा नराखी यस्तो आशा गर्नु भनेको आँप नलगाई आँप खाने आशा गरे जतिकै मुर्ख कुरा हुन जान्छ । यस्तै विषयवस्तुहरू र समाजको प्रकृतिका विषयमा अलि अध्ययन गर्दै जाँदा आज यो पंक्तीकारलाई यो साँस्कृतिक क्रान्तिको सिरियल लेख्न मन लागेको हो । कहिले काहीँ त लाग्छ सबै कुरा मैले लेखेर हुने कुरा हैन यो सामाजिक प्रकृया हो र क्रम विकासका आधारमा परिवर्तन हुन्छ तर जसरी अफ्रिकाका जननिर्वाचित राष्ट्रपति तथा विद्वान नेलशन मण्डेलाको ‘‘ँययकि mगतिष्उथि धजभल धष्कभ mबल बचभ कष्भिलत” भन्ने भनाइमा विश्वास गरेको कारण चुप लागेर बस्नु अलि ठिक लागेन त्यसैले पनि यो सिरियल चलाएको छु पाठकवृन्दहरूमा अनुरोध गर्न चहान्छु कि आवश्यक सल्लाह सुझावको पनि निकै आशा गरेको छु ।
जगतमा जीवन के हो ? भन्ने सन्दर्भमा धेरै व्यख्या र विश्लेषण भएको पाईन्छ । जे जस्तो व्यख्या विश्लेशन गरे पनि मानिसहरू ममतामयी शान्ति समाज चहान्छन् । त्यस प्रकारको समाज प्राप्तीका लागि विभिन्न दर्शन शास्त्री र विद्वान वा विषय विशेषज्ञहरूले मानव सभ्यताका सुत्रहरू प्रतिपादन गर्दै आएका छन् । संसारमा प्रायज्ञीक व्यक्तित्वहरूले मानव सभ्यता र व्यवस्थाका लागि धेरै प्रयास भएको देखिन्छ । मानिसहरू सभ्यताको खोजी गरिरहेको यस परिप्रेक्षमा भने मानवीय अस्थित्व नै ह्रास हुने गरि मान्छेले मान्छे माथि अत्याचारको डण्डा बर्षाएका घटनाहरू समाजिक सञ्जालमा आइरहँदा मलाई अलि दुःखका साथ भन्न मन लाग्छ कि मानिसहरू मानव अस्थित्वको खिलापमा किन छन् ? त्यो ढुङ्गेयुग, आदिम साम्यावादी युग, बरबरताको युग, आज एक प्रकारको सन्तुलनको युगमा पनि मानिसहरू सन्तुलन कायम गरेर बस्ने पक्षमा छैनन् । तँछाड र मछाड चलिरहेको छ । आफ्ना सीमाका लागि सान्दर्भिक विवाद चल्नु स्वभाविक जस्तो देखिन्छ तर यहाँ सीमाको कुरा हुँदैन यहाँ एक देशले अर्को देशमाथि थिचोमिचो गरेको अवस्था छ । आज पनि विश्वमा अमेरीका जस्तो शक्ति सम्पन्न राष्ट्रहरूले अन्य विश्वका विभिन्न देशमा पसेर त्यहाँको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौम सत्ता माथि खलल पु¥याउने त्यहाँका श्रोत साधनमाथि आफ्नो बर्चश्व जमाउने गरेको कुरा जगजाहेर छ । के यस्तो सामाजिक न्याय(क्यअष्ब िव्गकतष्अ) को सिद्धान्त सम्बत छ ? त्यतिमात्र हैन मानवअधिकारवादी संस्थाको नाममा त्यो देशमा छिरेर त्यहाँका शासकहरूलाई विभिन्न प्रकारका झुटा आरोपहरू लगाएर विश्वको कानून र न्याय विपरित सम्मानीत जेलबाट कुनै देशको कार्यकारी प्रमुखलाई मार्ने गरेको तथ्य इराकका राष्ट्रपति सद्दाम हुसैनलाई दिएको फाँसिबाट प्रमाणित हुन्छ । सन २०१० मा लिवियाको राष्ट्रपति मोहम्मद गद्दाफिलाई मारेको घटनाले प्रमाणित हुन्छ । सन् २०१७ मा सिरियाको राष्ट्रपति मोहम्मद मसुदलाई बनाएको मार्ने योजनाले प्रमाणित गर्दछ । यसैगरि उत्तरकोरियालाई तहस नहस बनाउको लागि सन् २००७ देखि विश्वभरि नाकाबन्दी लगायको घटनाले पनि प्रमाणित गर्दछ । भारतमा इष्ट इण्डीया कम्पनीले चलाएको उपनीवेशले प्रमाणित गर्दछ । इराक इरानमा ब्लाक वाईल कम्पनीले गरेको हस्तक्षेपले प्रमाणित गर्दछ । नेपालमा एम सी सी परियोजनाको संझौता प्रकृयाले पनि प्रमाणित गर्दछ । त्यतिमात्र नभएर पटक–पटक उत्तरकोरियाका राष्ट्रपति किमिल जोङ्गलाई मार्ने योजना बनाउने क्रममा किमिल जोङ्गको दाइलाई समेत मलेशियाको एयरपोर्टमा आक्रमण गरि मार्ने प्रयास गरिएको घटनाले प्रमाणित गर्दछ । त्यसको प्रतिरोधमा उत्तर कोरिया खरो उत्रीयो सन २००७ सालमै विश्व नै थर्कमान हुने आणविक परिक्षण गरिदियो । सन् २०१०मा हाईड्रोलिक बमद्वारा जापानलाई तहस नहस बनाईदिएपछि त्यस पछि पटक–पटकका आणिविक परिक्षणका कारण आज उत्तर कोरीया सामरिक रुपले आक्रमक अवस्थामा पुगेको देखिन्छ तर उसले कसैसँगलाई अन्याय गरेको छैन तर अन्यायका विरुध्दमा इट्टाको जवाफ ढुङ्गले दिएको अवस्था छ । सामरिक हिसावले सुसम्पन्न कोरिया अनाहकमा कुनै देशमाथि आक्रमण गरेर मानव अस्थित्वका विरुद्धमा वा कुनै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनता माथि हस्तक्षेपकारी देखिदैन । कोरोना महामारीले संसार तहस नहस भएको यस गम्भीर अवस्थामा आफ्नो देशलाई भने कोरोना मुक्त बनाएर बसेको छ कोरीया । यसबाट संसारले सिक्नु पर्ने धेरै कुरा रहेको प्रमाणित हुन्छ । अर्को कुरा यसबाट ‘‘क्ष थयग बचभ लयत ाष्नजत, तजभथ बचभ दभबतष्लन थयग, क्ष्त mभबलक थयग जबखभ तय ाष्नजत दबअप” भन्ने प्रसिद्ध भनाईलाई प्रमाणित भएको छ । यी त भए मानव विकासको इतिहासमा मानिसले मानिस माथि गरेका अत्याचार, अमानविय क्रियाकलाप र त्यसका प्रतिरोधका विधिहरू यिनीहरू पनि मानव साँस्कृति सँग नै जोडिएका छन् । नराम्रा साँस्कृतिको अन्त्य गर्न र राम्रा र्सँकृतिको विकास गर्नका लागि साँस्कृतिक क्रान्तिको खाँचो छ । जसरी दोश्रो विश्वयुध्दमा प्रागिक जगतबाट ‘‘इश्वर एक हुनुहुन्छ बाटो मात्र फरक हो ।” भन्दै धार्मीक सहिष्णुताको र नैतिक शिक्षाको माध्यमबाट विद्रोहको आगोमा पानी छर्किने काम भएपछि न विद्रोहको लप्का रोकिएको थियो । आखिरमा सबैले मुर्दाघाटमा पुग्नै पर्छ कसैले कसैमाथि गरेको दुव्र्यवहार त्यो आकाशको गुगल रेकर्डमा कालो कर्तुतको प्रमाणको रूपमा किन राख्नु प¥यो । त्यो महासागरको गहिराई नाप्न या त्यो अकाशको उचाई नाप्न वा छितिज पारिको सुन्दरतालाई नियाल्न, पानीमाथि आगो बाल्न आकाशमाथि घर हाल्न जे जति गरेपनि निश्चित जीवनको अवधिमा मात्र हो भने किन कसैले कसैलाई नराम्रो भन्ने जस्ता सामाजिक सहिष्णताका भावपुर्ण शब्दावलीहरू द्वारा फैलाएको नैतिक शिक्षाले संसारलाई शान्ति, भातृत्व र प्रेमको दिशा निर्देश गरेको तथ्य प्रमाणित हुँदाहुँदै पनि किन निष्ठा गुमाएर भेदभावपूर्ण साँस्कृतिको विकास गर्ने ? त्यसरी नै आज यो महाद्वन्दमा फसेको संसारलाई पनि द्वन्द मुक्त गराउनका लागि मानिसहरूको अवचेतन मनमा रहेको घमण्ड, ईश्र्या, बेभिचार, स्वर्थी भावना र अधिभूतवादी चिन्तनको अन्त्य गरि वैज्ञानिक चिन्तन भर्नको लागि साँस्कृतिक क्रान्तिलाई प्याकेजवाईज गर्न आवश्यक रहेको छ ।
(नोटः क्रमशःसाँस्कृतिक क्रान्ति –५ आउँदै छ । सल्लाह सुझावका लागि कमेण्ट, लाईक र सेयर गरेर सहयोग गरिदिनुहुनको लागि हार्दिक अनुरोध छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर