नेपालमा साउन २७ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

आज मात्रै १७१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १६,६६४ पुग्यो

प्रकाशित मिति : २०७७ श्रावण २८

२७ साउन काठमाण्डौं,
नेपालमा मंगलबार (२७ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ६२ हजार ६९८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार ४६२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,२०१ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्र्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार ५८ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका ६३८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने आज १७० जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १६ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । साथै आज थपिएका ४ जनासँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या
नेपालमा आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी काठमाण्डौंमा ११० जना थपिएका छन भने ललितपुरमा १३ र भक्तपुरमा ९ जना थपिएका छन ।
त्यसैगरी पर्सामा ७०, सुनसरीमा ४३, सर्लाहीमा ४० मोरङमा ४२, बारामा ३१, बाँकेका २९, धनुषामा २४, रुपन्देहीमा २३, रौतहटमा १८ जना, कपिलवस्तुमा १८, प्युठानमा १७ र उदयपुरमा १६ जना संक्रमित भेटिएका छन । त्यस्तै सिराहामा १४, महोत्तरीमा १२, धादिङमा ११, झापामा १०, दाङमा ७, कास्कीमा ५, सुर्खेतमा ५, काभ्रेमा ४, नुवाकोट, चितवन र दैलेखमा ३ र ३ जना, बाग्लुङ, तनहुँ, दाङ, पर्वत, ओखलढुंगा, नवलपरासी र सप्तरीमा २्२ जना संक्रमित थपिएका छन ।
त्यस्तै धनकुटा, गोर्खा, मकवानपुर, बर्दिया, दार्चुला, खोटाङ, स्याङजा, रोल्पा, अछाम, अर्घाखाँची, इलाम, जाजरकोट, कालिकोट, दोलखा, पाँचथर, रामेछाप, रुकुमपश्चिम र सिन्धुपाल्चोकमा १्१ जना गरी जम्मा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ६३८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ९४८ पुगेको छ ।
कुन प्रदेशमा कति छन त सक्रिय संक्रमित ?
प्रदेश १ मा ५३९, प्रदेश २ मा ३३४७, बाग्मति प्रदेशमा १३५२, गण्डकी प्रदेशमा २२४, प्रदेश नं ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ८९६ जना विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत छन ।
आज मात्रै १७१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १६,६६४ पुग्यो
आज १७१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ६९.६ प्रतिशत हो ।
यस्तो छ निको हुनेको प्रदेश विवरण
प्रदेश १ मा १०४४, प्रदेश २ मा ३,३८५ बागमति प्रदेशमा ६१८, गण्डकी प्रदेशमा १४८७, प्रदेश नं ५ मा ४१८९, कर्णाली प्रदेशमा १,९०० र सुदूरपश्चिम प्रदेशमा ४,०४१ गरी हालसम्म १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन ।
हालसम्म १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपालका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जनकारी अनुसार हालसम्म प्रदेश १ मा महिला १ र पुरुष ७ जना गरी ८ जना, प्रदेश २ मा २० महिला र पुरुष ५८ गरी ७८ जना, बाग्मती प्रदेशमा महिला ८ र पुरुष ८ गरी १६ जना, गण्डकी प्रदेशमा महिला ६ र पुरुष १४ गरी २० जना, प्रदेश ५ मा महिला ६ र पुरुष ६ गरी १२ जना, कर्णाली प्रदेशमा महिला ६ र पुरुष १६ गरी २१ जना र सुदुरपश्चिम प्रदेशमा महिला १३ र पुरुष १४ जना गरी जम्मा २७ जना संक्रमित भएका छन् । देशरैभरी कुल संक्रमित १८३ जनामा महिला ६० जना र पुरुष १२३ जना रहेका छन ।
यस्तो छ क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा २६१४, प्रदेश २ मा १५८०, बागमति प्रदेशमा १,०१९ गण्डकी प्रदेशमा ९५५, प्रदेश नं ५ मा १८१२, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा २३८९ जना गरी जम्मा ११ हजार ५८ जना विभिन्न क्वारेन्टिनमा रहेका छन ।

आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि
नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा धनुषाका २ जना तथा काभ्रे र सिन्धुपाल्चोकका १÷१ जना गरी चारजनाको मृत्यु भएको पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज मृत्यु पुष्टि भएकामा धनुषा नगरपालिका वडा नं ८ का ६० वर्र्षीय पुरुषको साउन २६ गते राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ ।
धनुषाकै मिथिला बिहारी नगरपालिका वडा नं ५ का क्यान्सर अस्पताल जनकपुरमा कामगर्ने ५० वर्र्षीय पुरुषको साउन २५ गते मृत्यु भएको छ ।
त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका वडा नं १ का ५० वर्र्षीया महिलाको साउन २७ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ४ का ८४ वर्र्षीय पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट आज मृत्यु भएको पुष्टि भएका ४ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।