जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला सम्पन्न विष्णु खड्काको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन

भेलाले भदौ १३ गते केन्द्रीय प्रशिक्षण र भदौ २६ गते राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा माइतीघर मण्डलामा बृहत विरोध कार्यक्रम आयोजना गर्ने

प्रकाशित मिति : २०७७ श्रावण २८

श्रावण २८ काठमान्डौ,
कोरोना(कोभिड १९) महामारीका बीच जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिको प्रतिनिधिमूलक भेला कुपोन्डोल, ललितपुरमा सम्पन्न भएको छ । भेलाले विष्णु खड्काको संयोजकत्वमा धर्मराज बिसि सचिव रहेको २१ सदस्यीय कमिटी गठन गरेको छ । भेलामा ३ नम्बर प्रदेश ईन्चार्ज क.सागरको प्रमुख आतिथ्य एवं ३ नम्बर प्रदेश सेक्रेटरी क.प्रवेश र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव क.वसन्त बोगटीको आतिथ्य रहेको थियो ।

३ नम्बर प्रदेश ईन्चार्ज क.सागर, प्रदेश सेक्रेटरी क.प्रवेश र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव क.वसन्त बोगटीले सम्वोधन गर्दै

भेलाले प्रदेश १ मा गणेश घिमिरेको संयोजकत्वमा प्रेम बुढाथोकी र रमेश बुढाथोकी, प्रदेश २ मा चन्देश्वर पण्डितको संयोजकत्वमा सन्तोष महतो, प्रदेश ३ मा अर्जुन बोगटीको संयोजकत्वमा नरेन्द्र कार्र्की र मिलन श्रेष्ठलाई सम्पर्क मञ्च विस्तारको जिम्मेवारी तोकेको छ भने प्रदेश ४ मा नविन बुढाथोकी र प्रदेश ५,६,७ मा शंकर बोहरालाई संयोजकको जिम्मेवारी ठोस गरेको छ । यो संगै भेलाले यहि भदौ १३ गते मञ्चको केन्द्रीय प्रशिक्षण र भदौ २६ गते राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा माइतीघर मण्डलामा बृहत विरोध कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।