नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सचिवालयको बैठक अध्यक्ष अम्बर परियारको अध्यक्षतामा सम्पन्न

नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सचिवालयको बैठक अध्यक्ष अम्बर परियारको अध्यक्षतामा सम्पन्न

नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सचिवालयको बैठक अध्यक्ष अम्बर परियारको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकको प्रारम्भमा जनआन्दोलन, जनयुद्ध र विभेद बिरुद्धका आन्दोलनहरुमा सहादत प्राप्त गर्नु हुने ज्ञात अज्ञात सहीदहरुप्रति मुठ्ठी उठाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । वर्तमान राजनीतिक परिस्थिति र रुकुम जाजरकोट हत्याकाण्ड लगायत देशै भरि घटेका जातीय विभेदका कारण भएका हत्या हिम्साका घटनाहरु र संगठनको तर्फबाट खेलेको भूमिका बारे संगठनका इन्चार्ज केश बहादुर परियारले सम्क्षिप्तमा राख्ने काम भयो । बैठकले लिला बहादुर विश्वकर्मा उदयपुर, ललित सुनार सुर्खेत , शान्ति विक चितवन र शोभा विश्वकर्मा काभ्रेपलान्चोकलाई सचिवालयमा थप गर्ने निर्णय गरेको छ । भर्चुअल मध्यमलाई प्रयोग गर्दै बसेको बैठकले देशै भरि घटेका जातीय विभेद लगायतका हत्या हिम्साका घटनाहरु बिरुद्ध एकल र संयुक्त संघर्षलाई निरन्तर अगाडी बढाउने निर्णय गर्नुको साथै संगठन विस्तार एवं प्रदेश र जिल्लाहरुमा कमिटिहरु गठन पुनर्गठन , बैठक ,भेला गर्ने र सदस्यता विस्तारलाई व्यापक बनाउने निर्णय गरेको छ ।