गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण १७

गुल्मी । अविरल बर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझी (बोटे) को घर पहिरोले पुरिँदा माझीकी पत्नी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन् । उद्धारका लागि इलाका प्रहरी कार्यालय रिडी र जुहाङबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

पहिरोबाट निकालिएको शव पोष्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।