काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका छन् । दुई देशबीच राजकीय सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पु¥याउन इच्छुक रहेको कुरा सन्देशमा उल्लेख गरेका छन् ।