काठमाडौं । आज १३१ औं मई दिवस । मई दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक महत्वपूर्ण वक्तव्य जारी गरेको छ । वक्तव्यमा कोरोना भाइरसको महामारीका कारण दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्ग नराम्ररी प्रताडित भएको भन्दै लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन जोडदार माग गरिएको छ ।

माेहन वैद्य ‘किरण’

पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा भनिएको छ, “लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।”
वक्तव्यमा भनिएको छ, “यस वर्षको मई दिवसका बेला सम्पूर्ण मानव जाति नै कारोना जन्य महामारी कोभिड–१९को प्रकोपले पीडित छ । यस पटक पहिले जस्तै हजारौंको सङ्ख्यामा सडकमा पोखिएर मई दिवश मनाउन सकिंने अवस्था छैन । यस स्थितिमा आआफ्नो ठाउँको विशिष्ट अवस्थालाई ख्याल गरेर मई दिवशले स्थापित गरेको क्रान्तिकारी सन्देशलाई आम उत्पीडित जनतासम्म पु¥याउन हामी श्रमजीवि वर्गमा विशेष अनुरोध गर्दछौं । साथै लकडाउनका कारण श्रमजीवि वर्गको जिउने समस्या निकै गंभीर बनेको छ ।”

हार्दिक शुभकामना !

यस्तो छ वक्तव्यको पूर्णपाठ 
“आज मई १, २०२० तदनुसार बैशाख १९, २०७७ अन्तर्राष्ट्रिय श्रमजीवि वर्गको ऐतिहासिक पर्व हो । आठ घण्टा श्रमको माग पुरा गराउन सफल अमेरिकाको सिकागोमा भएको श्रमिक आन्दोलनको संस्मरणमा १८९०को मई १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवश मनाउन सुरु गरिएको थियो । मई दिवशको १३१औं वर्ष प्रवेशको यस अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) संसारभरिका श्रमजीवि वर्गमा हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ ।
यस वर्षको मई दिवशका बेला सम्पूर्ण मानव जाति नै कारोना जन्य महामारी कोभिड–१९को प्रकोपले पीडित छ । यस पटक पहिले जस्तै हजारौंको सङ्ख्यामा सडकमा पोखिएर मई दिवश मनाउन सकिंने अवस्था छैन । यस स्थितिमा आआफ्नो ठाउँको विशिष्ट अवस्थालाई ख्याल गरेर मई दिवशले स्थापित गरेको क्रान्तिकारी सन्देशलाई आम उत्पीडित जनतासम्म पु¥याउन हामी श्रमजीवि वर्गमा विशेष अनुरोध गर्दछौं । साथै लकडाउनका कारण श्रमजीवि वर्गको जिउने समस्या निकै गंभीर बनेको छ । लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।
सर्वहारा वर्ग तथा उत्पीडित जनताको मुक्तिको एकमात्र बाटो वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना हो । यस उद्देश्य प्रप्तिका लागि हाम्रो पार्टी निरन्तर प्रयत्नशील रहिआएको छ । श्रमिक दिवशको यस अवसरमा हाम्रो पार्टी आम श्रमजीवि वर्गलाई नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गर्दछं ।”

प्रतिक्रिया

सम्बन्धित खवर