काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको पहलमा १ सय ११ जना मजदुर परिवारलाई राहत वितरण गरिएको छ । महासंघकी ललितपुर अध्यक्ष निशा राईले दिएको जानकारी अनुसार महासंघको पहलमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै सरकारले गरेको लक डाउनका कारण ईटाभट्टा, निर्माण, उद्योग, टेक्सटायल क्षेत्रमा कार्यरत मजदुरहरु विहान बेलुका छाक टार्ने समस्यामा रहेका मजदुुरहरुलाई राहत वितरण गरिएको हो ।

हार्दिक शुभकामना !


मे डेको पूर्वसन्ध्यामा अर्थात् बिहीबार ललितपुर–२८ स्थित हरिसिद्धिमा रहेका मजदुर परिवारहरुलाई राहत वितरण गरिएको हो ।  होप एण्ड च्यालेन्ज, अखिल नेपाल आदिवासी जनजाति महासंघ अन्तर्गत सिंगापुर गोर्खाज बहालवाला तथा पूर्व सैनिकहरु र प्रेम गोपाल महर्जन, अनिल महर्जन र पन्चराम महर्जनलगायतको सहयोगमा उक्त राहत वितरण गरिएको महासंघकी ललितपुर अध्यक्ष राईले बताइन् ।  

वडा–२८ मा भट्टा, निर्माण, उद्योग, टेक्सटाइल लगायत ठाउँमा कार्यरत मजदुर छन् । वडा कार्यालयले केहि दिनदेखि भोका पीडित मजदुरलाई भात पकाएर खुवाउन पनि थालेको छ । त्यसो त हजारौं मजदुरहरुको समस्या सुल्झिएको दाबी गर्ने पुराना मजदुर नेता भने सम्बन्धित मजदुर कार्यरत रहेको स्थानमा अझै नपुगेको गुनासो ललितपुर जिल्लाभर रहेको देखिन्छ । मजदुरहलाई क्रान्तिकारी ट्रेड युनियन महासंघकी नेता निशा राईले घरघर पुगेर राहत सहयोग गर्न थालेपछि पीडित मजदुरहरु उनको नम्बर खोज्दै हिँड्न थालेका छन् ।

महासंघले तीन दिन अगाडि पनि उक्त क्षेत्रका पीडित १ सय ४ मजदुर परिवारलाई राहत वितरण गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर