कोरोना, श्रमिकहरुको स्थिति र १३१ औँ मई दिवस

प्रकाशित मिति : २०७७ बैशाख १८

- ईश्वर तिमिल्सिना

१. सन् २०२० को प्रारम्भदेखि नै कोभिड १९ अर्थात् कोरोना भाइरसबारे विश्वव्यापी तरंग सिर्जना भएको छ । चीनको हुबेइ प्रान्तको उहान सहरबाट पैदा भएको भनिएको कोरोना भाइरसलाई लिएर चलेको विश्वव्यापी बहस मार्च महिनाको उत्तराद्र्धतिर आइपुग्दा यसले मानवजातिको अस्तित्वमाथि नै संकट निम्त्याउन सक्ने गम्भीर विश्वव्यापी महामारीको रुपमा व्याख्या गर्न थालियो । विश्व स्वास्थ्य संगठनदेखि संसारका धेरै भारोलोजिष्ट, डाक्टर र वैज्ञानिकहरु समेत यस भाइरसको भयानकता र विनासक सामथ्र्य र यसको निराकरणलाई लिएर बहस, छलफल र विवादहरुसमेत भइरहेका छन् । यो विषय वा प्रकोप वर्तमानयुगको विशेषताजस्तै भुमण्डलीकृत र विश्वव्यापीकृतरुपमा पैmलन पुगेको छ । वर्तमान विश्वको श्रम र पुँजीबजारजस्तै यसले पनि देशीय सिमाहरु तोड्दै आप्mलाई पैmलाइरहेको छ र संसारका बहुसंख्यक मानिसहरुलाई तरंगित बनाइरहेको छ । एकातिर कोरोनाको भयानक त्रासदीका सुचनाले विश्वव्यापी प्रभाव जमाइरहेको छ भने अर्कोतर्पm यस कोरोना भाइरसबारे वैज्ञानिकहरुका पुर्वानुमान अनुरुप यसको दुस्प्रभापको सामथ्र्य नभएको बरु यो साधारण प्mलु भाइरस भएको निष्कर्षहरु पनि निकालिरहेका छन् । बेलायत, जर्मनी, अमेरिकन अध्येताहरुका निष्कर्षहरु समेटेर निकालिएका त्याहाँका सरकारी वेभसाइटहरुमासमेत यस भाइरसलाई साधारण भाइरस अर्थात् influanza like illness = ILI को बर्गीकरणमा राख्नुले यसको पुर्व प्रक्षेपित भयानकताको खण्डन गर्दछ र यस भाइरस र रोकथामका लागि भइरहेका पद्धतिहरु मानवजाति र श्रमिकवर्गका लागि झन घातकसिद्ध हुने तथ्यहरुसमेत प्रस्तुत भइरहेछन् । खासगरी पोषणविद्का रुपमा परिचित डा. विश्वरुप राय चौधरी (भारत) यो कोरोनासम्बन्धी विश्वव्यापी हलचल औषधी उत्पादक कम्पनीहरुको दबाब र प्रभावमा विश्व स्वास्थ्य संगठनले अगाडि बढाएको जालसाजीपूर्ण दुस्प्रचार हो भन्ने मतको पक्षपोषण गरिरहेका छन् । जे होस् आजको दुनियाँमा कोरोनाको मुद्दा अर्थात् कोरोना रोकथामलाई लिएर नेपाललगायत विश्वका धेरै मुलुकहरुमा नयाँ नयाँ चुनौती खडा भइरहेका छन् । खासगरि बिश्व श्रमबजारमा परिरहेको प्रभाव र त्यसले नेपाली श्रमिकहरुमाथि आइरहेका संकट र त्यसको सामना गर्ने उपायबारे सबैतिर विचार विमर्श अगाडि बढ्नु हाम्रो लागि आवश्यक भैसकेको छ ।


२. कोरोना भाइरस नियन्त्रण र रोकथामका निमित्त अपनाइएका विधिहरुले विश्वका महत्वपुर्ण श्रम तथा पुँजीबजारहरुमा हलचल, उलटपलट र उथलपुथलहरु हुँदै गरेका सुचनाहरु आइरहेका छन् । त्यसको प्रत्यक्ष असर संसारका श्रमिकहरुलाई परिरहेको छ । खासगरि हामी नेपाली श्रमिकहरुबारे अलि धेरै चासो दिने हो भने हाल वैदेशिक रोजगारीका क्षेत्रहरु मुख्यतः भारत, मलेसिया, कतार, साउदीअरब, संयुक्त अरब इमिरेट्स्जस्ता मुलुकहरुका श्रम र पुँजी बजारहरुमा आएको संकटका कारणले त्यसको प्रत्यक्ष असर नेपाली श्रमिकहरुलाइ परिरहेको देखिन्छ । उत्पादन र वितरणमा आएको अवरोधले त्यहाँको पुँजीबजारले नेपाली श्रमिकहरुलाई रोजगारी तथा स्वास्थ्य सुरक्षा प्रदान गर्न नसक्नेमात्र हैन कि वर्तमान संकटका बिचमा नै त्यहाँका सरकारहरु नेपाली श्रमिकहरुलाई स्वदेश फर्कन दबाब दिइरहेका सुचनाहरु आइरहेका छन् । एकातिर वैदेशिक रोजगारीको कमारोतुल्य श्रम बजारमा भौतारिन पर्ने नेपाली श्रमिकहरुको अपमानजनक स्थिति छ भने थप कोरोना संकटले पैदा गरेको यस स्थितिमा झन ठुलो संकटतर्पm धकेलिने स्थिति पैदा भइरहेको छ र यस परिघटनाले वैदेशिक रोजगारीको चुनौतीलाई मात्र उजागर गरेको छैन अपितु अनिश्चिततापुर्ण र अपमानजनक स्थितिसमेत सतहमा ल्याइदिएको छ ।


त्यसैगरी यो संकटले एकातिर वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई मातृभूमितिर फर्कन पर्ने स्थिति पैदा भइरहेको भने अर्काेतर्पm नेपाली श्रमबजारको स्थिति पनि त्यसभन्दा धेरै भिन्न छैन । खासगरी अनौपचारिक श्रम बजारमा क्रियाशील झण्डै बिसलाखभन्दा धेरै श्रमिकहरुको जिबनमा यसले प्रभाव पारिरहेको अनुमान गरिएको छ । खासगरी निर्माण, इट्टाभट्टा, ढुवानी, रिक्साचालक, यातायातमात्र हैन पर्यटनजस्ता सेवामुलक क्षेत्रमा श्रमिकहरुमासमेत रोजगारी गुम्न पुगेको छ भने रोजगारी गुमेसंग दैनिक आर्जनबाट जिबिकोपार्जन गरिरहेका श्रमिकहरुलाइ खाद्यलगायतका संकटहरु पैदा भइरहेको छ । यिनै संकटका परिणामस्वरुप हजारौँ श्रमिकहरु लकडाउनका अवधिमा पनि घर फर्कने अभियानकारुपमा सडकमा लस्कर लस्कर हिडिरहेको स्थिति छ । यसले पुँजीपतिवर्ग र ठेकेदारहरुको संकटका बखत श्रमिकहरुप्रति गर्ने व्यवहार मात्र प्रकट गरेको छैन बरु आफुलाई कम्युनिस्ट भनिरहेको र श्रमिकहरुका नयाँ युग रचिरहेको दाबी गर्ने सरकारको समेत धज्जी उडिरहेको छ । साथै यी सबै परिघटना नेपाली समाज, श्रमबजारको चरित्र र नेपाली श्रमिकहरुको अवस्था हेर्ने ऐनासमेत बनेको छ । त्यस्तै औपचारिक श्रम क्षेत्रमा पनि संकटहरु देखा परिरहेका छन् । नियमित रोजगारीमा रहेका श्रमिकहरुको कटौति, नियमित तलबमा कटौती कतिपय उद्योगधन्दा नै बन्द हुने स्थिति पैदा भइरहेका छन् । यसले कथित औद्योगिकमैत्री वातावरणको कुरा गर्ने पुँजीपतिवर्गको स्वार्थको मात्र चित्रण गरेको छैन बरु श्रमिकहरुको पसिनाबाट प्राप्त नाफा सोहोर्ने पुँजीपतिवर्ग जब संकट पपैदा हुन्छ तब नाफाको सानो अंस श्रमिकहरुलाइ वितरण गर्न समेत तयार नभएर श्रमिकहरुलाई संकटतिर धकेलिदिएर आफु सुरक्षित हुन चाहान्छन् भन्ने कुरासमेत सतहमा ल्याइदिएको छ ।


३. अँध्यारोयुगको अन्त्य, उज्ज्यालोयुगको सुरुवात, सुखी नेपाली समृद्ध नेपाल आदि नारा दिएर नेपाली श्रमिकवर्गको आँखामा छारो हालेर शासन सत्तामा बसिरहेको कथित कम्युनिष्ट सरकार लाखौँ श्रमिकहरु देशविदेशमा कष्टसाध्य जिबन बिताइरहँदा पनि केहि नभए भैmँ बेमौसमी राग अलापिरहेको छ । वैदेशिक रोजगारीमार्पmत् प्राप्त remittence(विप्रेषण) बाट २५—३० प्रतिशत हिस्सा ओगट्ने अर्थतन्त्र भएको देसले आगामी चुनौतीहरुको कसरी सामना गर्ने र स्वदेसमा श्रमशक्तिको कसरी व्यवस्थापन गर्ने भन्ने गम्भीरता नदेखिनु गंभीर चिन्ता र चासोको विषय बन्न पुगिरहेको छ । वैदेशिक प्रतिक्रियावादी तत्वहरुको पालन पोषण र संरक्षणमा खडा भएको वर्तमान सत्ताधारीशक्तिलाई परास्त गर्दै यो व्यवस्थालाई नबदली श्रमिकवर्गका लागी संकटबाट मुक्त हुने कुनै बाटो देखा परिरहेको छैन ।


४. यतिबेला हामी विश्वव्यापी संकट र चुनौतीका बिचमा नै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन समेत गइरहेका छौँ । अमेरिकी पुँजीपतिवर्गले गरिरहेको शोषण, दमन र उत्पीडनका विरुद्ध त्याहाँका श्रमिकहरुले गरेको एकदशकभन्दा लामो संघर्षको पृष्ठभूमिमा विकशित अमेरिकी श्रमिक आन्दोलनको २ वर्ष लामो प्रतिरोध संघर्ष जुन् १८८४ देखि १८८६ सम्ममा उचाइ हासिल गर्न पुग्यो । श्रमिक नेताहरुमाथिको दमन, जेलनेल, यातना र मृत्युदण्डसम्मका ज्यादतीका बाबजुत त्यस आन्दोलनले आठघण्टा काम, आठघण्टा आराम, आठघण्टा मनोरञ्जनका मागहरु पुरा गराउन सफल भयो । जुन आन्दोलन र संघर्षले स्थापित गरेको त्याग, विरता र बलिदानले अमेरिकी श्रमिकहरुमा मात्र हैन विश्वका सबै मुक्तिकामी जनसमुदाय तथा श्रमिकवर्गमा प्रेरणा दिइरहेको छ । त्यस प्रेरणालाई स्थापित गर्न कमरेड एङ्गेल्स नेतृत्वको १८८९ मा बसेको दोश्रो अन्तर्राष्ट्रियको बैठकले विश्वव्यापीकरण गर्ने निर्णय संगै मनाउन लागिएको यो दिवस यहि बैशाख १९ गते १३१औँ संस्करणकोरुपमा हामी मनाउन गइरहेका छौँ । यतिवेला कोरोना महामारीको नामले परिचित पुँजीवादी उत्पादन र वितरणमा आएको संकटका साथै साम्राज्यवादी राष्ट्रहरुका बिचको व्यापारयुद्धकै उच्चरुप हो । हाम्रोजस्तो कमारो अर्थतन्त्र भएको मुलुकले शक्तिशाली राष्ट्रहरुकाबिचको द्वन्द्वमा गुमाउन पर्ने धेरै हुन सक्दछ । अल्पविकसित राष्ट्रका श्रमिकहरुले त्यसको भार बहन गर्नुपर्ने गंभीर चुनौति हाम्रासामु खडा भएको छ । यतिवेला हामीले बेहोर्न परिरहेको चुनौति र संकटहरुको सामना गर्ने र क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्ने सङ्कल्प गरेरमात्र मइ दिवस मनाउनुको सार्थकतचा हुन्छ । आउ्नुहोस् श्रमिकवर्गमाथि आइरहेका सङ्कट समाधान गर्न आन्दोलनको विकास गरौँ ।