बैशाख १२ काठमाडौं
अन्ततः केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तारुढ पार्टी लगायत चौतर्फी रुपमा विरोध भएपछि ओली सरकारले अन्ततः राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेअनुसार आजै  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा २० को (खण्ड ख) बमोजिम अध्यादेशहरू खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्। ।
सोमबार यही वैशाख ८ गते सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।
पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल््याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत स्वेच्छाचारी रुपमा सरकार हिँड्न खोजेको भन्दै चौतर्फी रुपमा विरोध भएको थियो । आफ्नै पार्टीसँग समेत सल्लाह र समन्वय नगरी स्वेच्छाचारी रुपमा हिड्न थालेपछि प्रम ओलीका विरुद्ध पार्टीभित्रै मोर्चाबन्दी समेत हुँदै आएको थियो ।

भैँसेपाटी स्थित सत्तारुढ डबल नेकपाका उपाध्यक्ष बामदेव गौतमको निवासमा सचिवालयका ६ जना नेताले सरकारको काम कारबाहीबारे छलफल गर्दै अध्यादेश तत्काल फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका थिए ।
ओलीले समाजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको भनेपछि रातारात समाजवादी र राजपाबीच एकता भएको छ भने ओलीको डिजाइनमा समाजवादी पार्टी विभाजनको षड्यन्त्र मात्रै असफल बनेको छैन् , स्वयम् ओलीको पार्टीभित्रको राजनीतिक भविश्य पनि  अप्ठयारोमा पर्दै गएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर