काठमाडौं । अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघले एक वक्तव्य जारी गरी एकसाथ महामारी र भोकमरीबाट प्रताडित मजदुरहरुमाथि सरकार र सम्बन्धित पक्षले वेवास्ता र हेलचेक्राइ गरेको भन्दै उनीहरुले भोग्नु परेका समस्या अविलम्ब समाधान गर्न सम्बन्धित पक्षसित जोडदार माग गरेको छ । क्रान्तिकारी निर्माण मजदुर संघका संयोजक ढोकप्रसाद अधिकारीले एक वक्तव्य जारी गरी यस्तो माग गरेका हुन् ।

उनले वक्तव्यमा मजदुरहरुले महामारी र भोकमरीको त्रासका बीच जीवनमरणको लडाइँ लडिरहेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिमा राज्यबाट मजदुरहरुको रोजीरोटी र सामान्य स्वास्थ्य उपचारमा समेत वेवास्ता र लापरबाही भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

हार्दिक शुभकामना !

वक्तव्यमा संयोजक अधिकारीले अन्तर्राष्ट्रिय श्रम संगठनले समेत यस्तो अवस्थामा मजदुरहरुका आधारभूत समस्याका विषयमा कुनै आवाज नउठाएको भन्दै बाँच्नकै निम्ति मजदुरहरु सडकमा निस्कन बाध्य हुनुपरेको उल्लेख गरेका छन् । संयोजक अधिकारीले आउँदै गरेको अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा सबै पक्षबाट मजदुरहरुका आधारभूत समस्या समाधान गर्ने विषयमा आवाज उठाइदिन पनि सम्बन्धित सबै पक्षसित माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर