काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीका भाइ भेषकुमार पौडेलको असामयिक निधन भएकोमा नेकपा क्रान्तिकारी माओवादी दाङ, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दाङ र इच्छुक प्रतिष्ठानले छुट्टाछुट्टै शोक वक्तव्य जारी गरी दिवंगत भेषकुमार पौडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
क्रान्तिकारी माओवादीका दाङका इन्चार्ज समिर र सेक्रेटरी सरल, देजमो दाङका अध्यक्ष नरेन्द्र बंजाडे र सचिव इश्वरीप्रसाद गैरे र इच्छुक प्रतिष्ठानका सचिव मित्रलाल पंज्ञानीले निकालेको वक्तव्यमा शोकसन्तप्त परिवारजनमा यो अकल्पित शोक सहन गर्ने धैर्य प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गरिएको छ । पौडेलको ४९ बर्षको उमेरमा निधन हुन पुगेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर