पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष नेत्र रानाभाटले एमसीसी हिन्द प्रसान्त शैन्य रणनीति अनुसार नेपालमा अमेरिकी सेना ल्याउनका लागि ल्याइएको योजना भएको बताउनु भएको छ ।
पोखरामा संगम सांस्कृतिक मञ्चको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा बोल्दै नेपाललाई शक्ति राष्ट्रको अखडा बनाउने योजनाको विरोध गर्नु पर्नेमा जोड दिदैं रानाभाटले एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो ।
त्यसैगरी रानाभाटले अमेरिकी साम्रज्यवादबाट अनुदानको नाममा नेपालमा एमसीसी परियोजना लागू गर्ने गरी ल्याइएको राष्ट्रघाती योजना र भारतीय विस्तारवादले नक्सा समेत मिचेर नेपाली भूमिमाथि गरेको अतिक्रमणको प्रतिवाद गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सम्पूर्ण देशभक्त तथा राष्ट्रवादी शक्तिहरुले एक हुन आव्हान समेत गर्नुभयो ।
संगम सांस्कृतिक मञ्च पोखराले विज्ञहरुको धारणा सहित सांस्कृतिक कार्यक्रम गरेको थियो ।
पोखराको लखन चोकमा भएको कार्यक्रममा नेकपा कास्कीका जिल्ला सदस्य रामराज रेग्मी, झलकपाणी तिवारी, ईच्छुक सांस्कृतिक प्रतिष्ठानका पर्शुराम कोइराला लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संगम सांस्कृतिक मञ्च पोखराका अध्यक्ष काजीबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकास लुंगेलीले गर्नु भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार