
कावासोती । नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग नवलपुरको जिल्ला सम्मेलन फाल्गुन १ गते गरिने भएको छ ।
फागुन १ गते ऐतिहासिक महान जनयुद्ध दिवसको अवसर पारेर जनयुद्ध दिवससँगै जिल्लो सम्मेलन गर्ने निर्णय भएको क्रान्तिकारी युवा लिग नवलपुरले जनाएको छ ।
क्रान्तिकारी युवा लिग नेपाल नवलपुरका जिल्ला अध्यक्ष खडकबहादुर बाह्रघरेको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठक क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय उपाध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।































