नवलपरासी १९ माघ । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियानको कार्ययोजना पास गरेको छ । माघ १५ गते देखि चैत्र २४ सम्मको अभियानको  क्रान्तिकारी माओवादीले कार्ययोजना पास गरेको हो ।
आइतवार बर्दघाटमा बसेको पुर्ण बैठकले अभियानलाई सफल बनाउने निर्णय समेत गरेको छ । जिल्ला सेक्रेटरी चोलाले दिएको जानकारी अनुसार माघ २४ गते बुटवलको सभालाई सफल बनाउन जनपरिचालन गर्ने बैठकले निर्णय लिएको छ ।
त्यस लगतै माघ २८ गते बिद्यार्थी संगठन अखिल (क्रान्तिकारीको जिल्ला भेला गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बैठकले फागुन १ गते जनयुद्ध दिवसलाई जिल्लामा भब्यताका साथ मनाउने र सोही दिन अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको जिल्ला भेला गर्ने निर्णय समेत उनले बताए । नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग नवलपुरको जिल्ला सम्मेलन फाल्गुन १ गते गरिने भएको छ ।
फागुन १ गते ऐतिहासिक महान जनयुद्ध दिवसको अवसर पारेर जनयुद्ध दिवससँगै जिल्लो सम्मेलन गर्ने निर्णय भएको क्रान्तिकारी युवा लिग नवलपुरले जनाएको छ । क्रान्तिकारी युवा लिग नेपाल नवलपुरका जिल्ला अध्यक्ष खडकबहादुर बाह्रघरेको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठक क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय उपाध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।अभियानमा आउने केन्द्रीय टोलीका फागुन ३–४ गतेको कार्यक्रम ब्यवस्थित बनाउने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै फागुन ६ गते अखिल नेपाल आदिवासी जनजाति महासंघका बिभिन्न घटकहरुको भेला गरी महासंघ गठन गर्ने भएको छ । बैठकले चैत्र २४ सम्मका बिभिन्न दिवसहरु मनाउने समेत निर्णय गरेको हो ।बैठकमा जिल्ला सेक्रेटरी चोला, प्रदेश सदस्य संकल्प, समर, बर्दघाट नगर सेक्रेटरी क्रान्ति, प्रतापपुर गाउ कमिटी सेक्रेटरी अनिल, सुनवल ईञ्चार्ज लालसिंह, सेक्रेटरी श्याम, जिल्ला सदस्यहरु वसन्त, सरोज लगायतले धारणा राखेका थिए । कार्यक्रम चोलाको अध्यक्षतामा भएको थियो ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर