कमरेड श्यामको निधनमा क्रान्तिकारी माओवादी मध्यब्यूरोको शोक वक्तव्य, शोकाकूल परिवारजनमा समवेदना व्यक्त

प्रकाशित मिति : २०७६ असार २८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) मध्यब्यूरोले पार्टीका पीवीएम नेता श्रीनाथ अधिकारी (क.श्याम)को निधन भएकोमा शोक वक्तव्य जारी गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । पार्टीका मध्यब्यूरो इन्चार्ज गौरवको हस्ताक्षरमा जारी शोक वक्तव्यमा कमरेड श्यामको निधनबाट पैदा भएको शोकलाई शक्तिमा बदल्ने प्रयासमा अगाडि बढ्ने छौं भन्दै उहाँको आदर्श, क्रान्तिकारी विचार र व्यवहारले उहाँले अंगीकार गरेको बाटोमा अग्रसर भइरहन प्रेरिरत गरिरहने उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो गौरवशाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य क. श्रीनाथ अधिकारी (श्याम)को गत असार २२ गते राति असामयिक निधन भएकोमा हामी शोकाकुल भएका छौं । वहाँ लामो समयदेखि प्राणघातक रोग क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । हाम्रो पार्टी, वहाँका परिवारजन, चिकित्सक र शुभचिन्तकहरुको वहाँको जीवन बचाउने भगिरथ प्रयास पनि सफल हुन सकेन । वहाँ भौतिकरुपमा हाम्रा बीच हुनुहुन्न, तर वहाँको आदर्श, क्रान्तिकारी विचार र व्यवहारले हामीलाई सदा वहाँले अंगिकार गर्नु भएको बाटोमा अग्रसर भै रहनका लागि प्रेरित गरि नै रहने छ । हामी वहाँको निधनबाट पैदा भएको शोकलाई शक्तिमा बदल्ने प्रयासमा अघि बढ्ने छौं । यस दुःखद घडीमा वहाँका परिवारजनप्रति ने.क.पा. (क्रान्तिकारी माओवादी) मध्यब्यूरो हार्दिक समवेदना प्रकट गर्दछ ।”