क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको पाचौ बैठक

प्रकाशित मिति : २०७६ असार २६

- हुकुमबहादुर सिंह

नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको पांचौ बैठक यहि असार १२ गतेदेखि १७सम्म काठमाण्डौमा बस्यो । २०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलन पछिको यो पाचौ बैठक हो । त्यस समयदेखि अहिलेसम्म आइपुग्दा पार्टीभित्रका आम नेतादेखि कार्यकर्तास्तरसम्म तुलनात्मक रुपले पार्टीको सैद्धान्तिक, वैचारिक तथा राजनीतिक स्पष्टता र बुझाइमा एक रुपतामा विकास हु“दै गएको छ । पार्टीको सङगठनात्मक अवस्थामा पनि जनस्तरसम्म केही विकास र सुधार आएको छ । यद्धपि यो क्रान्ति र आमूल परिवर्तनका लागि आफैमा काफी छैन ।


पार्टीको आत्मगत अवस्थामा आएको यो सकारात्मक परिवर्तन र विकास संगसंगै देशमा नामधारी कम्युनिस्ट सरकारको नेपाली जनताका बीचमा बदनामी भइरहेको छ । यो सरकार जनताको सरकार होइन, यो त भारतीय एकाधिकार दलाल पु“जीपति वर्गको हित र फाइदामा कामगर्ने सरकार हो भन्ने स्पष्ट हु“दै गएको छ र पछिल्लो अवस्थामा त यो झन बदनाम भएको छ, खासगरी यसले भारतबाट आयातित अत्यधिक मात्रामा विषादी मिसाइएको तरकारी र फलफुल भारतीय सरकारको दवावमा नेपालभित्र ल्याउने काम गरेर यसले आफूलाई नेपाली जनताको हत्याराको रुपमा प्रमाणित गरेको छ । यस्तो जनविरोधी र राष्ट्रविरोधी सरकार कसरी कम्युनिस्ट सरकार हुन सक्छ । यस्तो परिस्थितिमा यो बैठकले आफूलाई देशमा एउटा बलियो विकल्पको शक्तिका रुपमा अगाडि सार्ने निर्णय गरेको छ, तर यसमा नेपाली जनताको साथ र सहयोग अति आवश्यक छ । नेपाली श्रमजीवी वर्ग र उत्पीडित जनसमूदायको पक्षमा बोल्ने राजनीतिक दलको अभाव भइरहेको वर्तमान समयमा नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको यो बैठकले विद्यमान संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक व्यवस्थाको स्थापना नै देशको राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सुनिश्चितताको लागि वर्तमान प्रतिक्रियावादी सरकार र यसको विद्यमान सत्तामाथि जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षको आंधीबेहरी सृजना गदै धावा बोल्ने गरी सर्वहारा क्रान्तिका लागि तीन जादुगरी हतियार–पार्टी, सेना र संयुक्त मोर्चाको विकास र विस्तारमा जोड दिने निर्णय गरेको छ ।
देशमा अहिले ओली नेतृत्वको सरकारका कारण जनजीवीकाका समस्या झन जटिल बन्दै गएका छन् । महङ्गी, भ्रष्टाचार, कालो बजारी, कमिसनतन्त्र, विचौलियातन्त्र, करबृद्धि, भूमाफियातन्त्र, युवा बेरोजगारीजस्ता समस्याले नेपाली समाज निकै पीडित तथा आक्रान्त भएको छ । हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । त्यसको छानवीन र कारबाहमिा सरकार गम्भीर छैन भन्नेमा यो बैठक एकमत देखिएको छ ।
अहिले सरकारद्धारा २०७६÷०७७का लागि रु १५ खर्ब ३२ अर्ब ३२ करोडको बजेट पेश गरिएको छ । यो बजेट नवउदारवाद र बजार अर्थतन्त्रको सैद्धान्तिक मान्यतामा आधारित भएर ल्याइएको छ । यसले सरकारले व्यापक रुपमा भन्दै आएको समाजववाद होइन साम्राज्यवादको सेवा गर्दछ किनभने यो बजेटले स्वाधिन तथा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दैन, यसले त दलाल तथा नोकरशाही पु“जीवादको विकासमा मल जल गर्ने कामगर्दछ । त्यसैले यो बैठकले स्पष्टसित नेपालमा बलियो हु“दै गएको दलाल तथा नोकरशाही पु“जीवादी संसदीय व्यवस्थालाई ध्वम्स गरी नेपालमा नेपाली जनताको साशनसत्ता स्थापना गर्नेमा यो बैठकले आफ्नो ध्यायान केन्द्रीत गर्ने निर्णय गरेको छ ।
पार्टीको विगतका केन्द्रीय समितिहरुका बैठकहरुले गरेका निर्णयहरुको कार्यान्वयनको मुल्याङकन गर्दै पार्टीले गर्ने कामहरुलाई सैद्धान्तिक तथा राजनीतिक काम, संगठन सम्वन्धी काम, संघर्ष तथा जनपरिचालन समवन्धी काम, कार्यगत एकता, पार्टी एकताआदि विषयहरुबारे गहन तथा गम्भीर छलफल गरेको छ ।
नेपाली कम्युनिस्ट नेता तथा कार्यकर्ताहरुमा देखिएको अध्ययनमा अरुची, सैद्धान्तिक तथा राजनीतिक स्तर उठाउने काममा आवश्यक गम्भीरताको अभाव देखिएको छ । यो बैठकले पार्टीभित्र निर्णयहरुको आत्मसातीकरण र बुझाइमा एक रुपताको अभाव र पार्टीभित्र मौलाउदै गएको निम्न पु“जीवादी चिन्तन तथा प्रवृतिजस्ता विचारधारात्मक तथा राजनीतिक समस्याको निर्कोल गरेको छ । पार्टीभित्रका माथि उल्लेखित सैद्धान्तिक तथा राजनीतिक समस्याबाट उत्पन्न संगठनात्मक समस्याहरुले नेपाली कम्युनिस्टहरुलाई डब्बल नेकपाको अवस्थामा लैजाने सम्भावनालाई चिर्दै अगाडि बढने अठोट लिएको छ । पार्टी नेतृत्व तथा कार्यकर्तामा क्रियाशलिता, पहलकदमी, सिर्जनशीलता र सांगठनिक क्षेमताको विकास गर्नेमा जोड दिएको छ ।
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सत्ता नै केन्द्रीय प्रश्न हो । यो प्रश्नबाट पार्टी एक पलपनि आफूलाई अलग गर्न सक्दैन भन्नेमा यो केन्द्रीय समिति स्पष्ट देखिएको छ । क्रान्तिका लागि वर्ग संघर्ष र प्रतिरोध संघर्ष एक अर्काका पुरक हुन र पार्टीले प्रदेश जिल्ला र स्थानीय तहमा विद्यमान जनताका समस्यालाई पहिचान गर्ने, बुझ्ने। विश्लेषण गर्दै त्यसका आधारमा संघर्षलाई संगठित तथा विकसित तुल्याउने काममा आवश्यक पहल र सृजनशीलताको विकास गर्ने निर्णय गरेको छ ।
पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नया जनवादी क्रान्तिको पक्षमा जनमत तयार पार्न र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था एवंम दक्षिणपन्थी संशोधनवादको विरोध तथा भण्डाफोर गर्ने निर्णय गरेको छ । पार्टीमा महामन्त्री क.मोहनवैद्य किरणको अध्यक्षतामा बसेको यो बैठकले केन्द्रीय रुपमा राष्ट्रियता, जनतन्त्र र जनजीवीकासित सम्बन्धीत समस्या र प्रादेशिक रुपमा जनसरोकारसित सम्बन्धित समस्यालाई लिई संघर्ष उठाउने र जिल्ला तहमा वर्ग संघर्ष र प्रतिरोध संघर्षलाई परिचालित गर्ने निर्णय पनि गरेको छ ।
यसरी एक बर्ष अघि पार्टीको केन्द्रीय समितिको चितवन बैठकले संगठन–संगठन र फेरी पनि संगठन भन्ने पार्टीको नारा ठहर गरेकोमा त्यसको ६महिना पछि बुटबलमा बसेको चौथो केन्द्रीय समितिको बैठकले संगठन–संघर्ष–संगठन भन्ने नारा तय गरेको थियो भने अहिलेको यो पाचौ बैठकले संघर्ष–संगठन–संघर्ष मूलतः संघष, त्यो पनि वर्ग संघर्ष र प्रतिरोधपूर्ण संघर्षमा जोड दिएको छ । यसरी संघर्षको रुप जनसंघष्र्,ा वर्ग संघर्ष र प्रतिरोध संघर्ष किटान गरेर पार्टीको स्गठनात्मक क्षेमतामा आएको विकास र पार्टीको संघर्षबारेको उद्घोषलाई जनताको एजेण्डा स्थापित गर्ने महान घोषणाका साथ पार्टीको यो पाचौ केन्द्ीय समितिको वैठक सफलतापूर्वक सम्पनन गरेको मात्रै छैन, यसले नेकपा(क्रान्तिकारी माओवादी) सैद्धान्तिक, वैचारिक तथा राजनीतिक हिसावले र त्यसको उच्च नेतृत्वप्रतिको आशावाद जनतामा बढाउन मद्त गर्ने छ । यो सरकारले ल्याएका विभिन्न जनविरोधी विद्ययेकहरु र भरखरै यसले भारतको ठाडो आदेशमा त्यहा“बाट भित्रयाइएका सयौ विषादीयुक्त तरकारी तथा फलफूलबाट के स्पष्ट हुन्छ भने यो सरकार देश र जनताको स्वास्थ्य र भविश्यप्रति सम्वेदनशील छैन् । विदेशी तथा स्वदेशी दलाल तथा नोकरशाहाहरुको हितलाई प्राथमिकता दिएर काम गर्दछ भन्ने स्पष्ट भएको छ । यो भनेको यस्तो सरकारका विरुद्ध जनताका लागि विद्रोहको विकल्प छैन । र पार्टीको यो बैठकले संघर्षबारे गरेको निर्णय –जनसंघष्र्,ा वर्ग संघर्ष र प्रतिरोध संघर्षले सरकारका पछिल्ला निर्णयहरुमाथि बलियो धावा बोल्ने छ भन्ने आशा गर्न सकिन्छ ।
विगत केही समयदेखि ओली–दाहालले जनताको चेतनास्तरलाई र अधिकांश बुद्धिजीवीहरुको सत्ता र सरकारप्रतिको मोहलाई संसदवादी दक्षिणपन्थी संशोधनवादमा उपयोग गर्न सफल देखिदै आएका थिए तर अहिले क्रमसः जनता उनीहरुको भ्रमबाट मुक्त बन्दै गएका छन् । यो भरखरै विकास भएको वस्तुगत अवस्थाको भरपुर उपयोग गर्न पार्टी गम्भीर बन्नै पर्छ र सरकारले भित्रयाएका ती विषादीयुक्त ट्रकमाथि जनताले कारवाही गर्ने छन् र पार्टी त्यस्तो जनकारवाहीको समर्थन र आवश्यकताअनुसार नेतृत्व लिन तयार रहने छ ।

कष्लनजजगपगmटडघ२नmबष्।िअयm