काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन लगायत चारवटा प्राध्यापक संगठनले सबै प्राध्यापकहरुको साझा संगठनको रुपमा रहेको नेपाल प्राध्यापक सङ्घको १६ औं महाधिवेशन बहिष्कार गरेका छन् । बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको महाधिवेशन बहिष्कार गरेको घोषणा गरेका हुन् । संघको वर्तमान पदाधिकारीले आर्थिक अनियमितता गरेको, सबै विश्वविद्यालयलाई प्रतिनिधित्व नगराएको, पब्लिक क्याम्पसको हकमा प्रतिनिधि नमिलेको लगायतका असन्तुष्टि राख्दै उनीहरुले महाधिवेशन बहिष्कार गरेको जनाएका हुन् ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीले ११ वटै विश्वविद्यालयबाट महाधिवेशनको लागि प्रतिनिधि हुनुपर्नेमा कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिनिधिविहीन बनाएकोमा आपत्ति जनाए ।

हार्दिक शुभकामना !

महाधिवेशन बहिस्कार गरिएको जानकारीका लागि पत्रकार सम्मेलन गर्दै चारवटै संगठनका नेताहरुले संघको महाधिवेशन अवैधानिक भएकोले आफूहरुले बहिष्कार गरेको स्पष्ट पारेका छन् । ‘संघ भनेको सबैको साझा संस्था हो । तर, महाधिवेशनजस्तो विषयमा सबैलाई सहभागिता नगराएपछि गम्भिर असन्तुष्टि राख्दै बहिष्कार गर्ने निर्णय गरेका हौं ।’ उनीहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सह–संयोजक प्रा.डा.रमेशप्रसाद भट्टराईले पब्लिक क्याम्पसमा भएको सहमतिलाई लत्याउँदै आफ्ना व्यक्तिहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाई एकलौटी गरेकोमा गम्भीर असन्तुष्टि जनाए ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले संघको महाधिवेशन अवैधानिक भएकोले आफूहरुले बहिष्कार गरेको स्पष्ट पारे ।

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष डा. उदय किशोर तिवारीले संघले एकलौटी रुपमा अधिवेशन सम्पन्न गरे आफूहरुले त्यसको विरुद्धमा अर्को नेपाल प्राध्यापक संघ चलाउने चेतावनी दिए । आफूहरुलाई जहिल्यै पनि संघले अपहेलना र विभेद गरेको पनि उनले दावी गरे ।

‘संघले विश्वविद्यालयमा चुनाव गर्दा हामीलाई कहिल्यैपनि थाहा दिएन । विधिवत रुपमा अहिलेको महाधिवेशनमा पाँच वटा संगठनले भाग लिनुपर्ने हो । तर, अहिले एउटा संगठनले मात्रै भाग लिएको छ । यो अवैधानिक छ ।’ उनले भने ।

महाधिवेशन बहिस्कार गर्नेमा नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर