
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक महत्वपूर्ण निर्णय लिंदै सम्पन्न भएको छ । १२ गते असारदेखि सञ्चालित बैठक १७ गते सम्म चलेको थियो । बैठकले पार्टी महासचिव मोहन वैद्य‘किरण’ले प्रस्तुत गरेको संगठन तथा संघर्षसम्बन्धी प्रस्ताव व्यापक छलफल पश्चात् सर्वसम्मत रुपमा पारित गरेको थियो ।
बैठकले जनसंघर्ष, वर्गसंघर्ष तथा प्रतिरोध संघर्षसँग सम्बन्धित संघर्षका योजनाहरु तय गरेको र संगठनसँग सम्बन्धित पनि महत्वपूर्ण निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बैठकले गरेका निर्णयहरु वक्तव्यमार्फत् सार्वजनिक गरिने तयारी गरिएको छ ।
बैठक ललितपुरको चाङ्गाथलीको एक पार्टी प्यालेसमा बसेको थियो । बैठकले स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुको समेत नयाँ कार्यविभाजन गरेको बुझिएको छ ।































