श्रीलंकाद्वारा आयोजक इंल्याण्ड पराजित

प्रकाशित मिति : २०७६ असार ७

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयोजक इंल्याण्डलाई पराजित गरेको छ । उक्त खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २० रनले पराजित गरेको हो । इंल्याण्डलाई उपाधिको दाबेदार मानिएको थियो ।

श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड मलिंगाको धारिलो बलिङ सामु निरीह बन्न पुग्यो । इंल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्न पुग्दा खेलबाट अलआउट हुन पुगेको थियो ।