काठमाडौं । सांसद राधा ज्ञवालीको अभिव्यक्तिलाई लिएर थारु संघसंंस्थाहरुले घोर आपत्ति जनाएका छन् ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको मिति २०७६ असार २ गते सम्पन्न भएको बैठकमा ‘तराइको अधिकांश जग्गा चौधरीको नाममा रहेको र उनीहरु भारतीय नागरिक भएका’ भन्ने राधा ज्ञवालीको भनाइले उनीहरुलाई गहिरो चोट पुर्याएको मिनराज चौधरीद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

हार्दिक शुभकामना !

विज्ञप्तिमा भनिएको छ– थारुहरु नेपालका आदिवासी भूमिपुत्र हुन् र उनीहरुको जातिय/समुदायको अस्मिता र पहिचानमा गम्भीर ठेस पुग्नेगरी आएको माननीय राधा ज्ञवालीको अभिव्यक्तिलाई लिएर थारु संघ/संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर