काठमाडौं । दक्षिणी सुडानमा फेरि जातिय हिंसा भड्किंदा २२ जनाको मृत्यु भएको छ भने दर्जनौ अरुहरु घाइते भएका छन् । जातिय हिंसा दक्षिणी सुडानीहरुका लागि महारोगका रुपमा रहेको छ । पछिल्लो पटक भड्किएको हिंसामा आगजनी गरिनुका साथै एकअर्काको ज्यान लिने गरिएको छ ।
दक्षिणी सुडानमा निरन्तर भइरहने हिंसा त्यहाँ पहिल्यैदेखि रहेका विभिन्न जातिहरुका बीचमा हुने गरेको छ । दक्षिणी सुडानमा रहेका ६४ जातिहरुमध्ये कसैको न कसैको एकअर्कासँग यस्तै भिडन्त भइरहेको हुन्छ । जनसंख्याको हिसाबले डिंका जाति यहाँको सबैभन्दा ठूलो संख्यामा रहेको जाति हो ।
जातिय भिडन्तमा सबैभन्दा बढी न्युर्स र मूर्ले जाति एकअर्कामाथि जाइलाग्ने गर्दछन् । हिंसा सानो भन्दा सानो विषयलाई लिएर पनि हुने गरेको छ ।
जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दक्षिणी सुडानको सीमा क्षेत्रमा बिहीबार यो घटना भएको हो । गत मंगलबार भएको झडपमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । अरु १८ जना घाइते भएका थिए ।