काठमाडौं– संसदमा विपक्षी बेञ्चमा रहेको नेपाली काँग्रेसले छाँया सरकार बनाएको छ । नबन्दै छाँयामा परेको कांग्रेसी छाँया सरकार बनेपछि पनि छाँयामा पर्दै गएको छ ।

हार्दिक शुभकामना !

नेकपाको हाइहुकुमको सरकार दुईतिहाइको दम्भसहित अघि बढिरहको छ । त्यसलाई संसदीय व्यवस्थाको पाठ सिकाउने प्रचारसहित बनेको कांग्रेसी छाँया सरकार बनेपछि पनि छाँयामा पर्न गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाँया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

संसदीय व्यवस्थामा यस्तो संरचनालाई मैमत्त सरकार कज्याउने प्रजातान्त्रिक उपायका रुपमा लिइन्छ । सरकार कज्याउन सकेपछि अर्को निर्वाचनका बेला प्रतिपक्षले फेरि सरकार बनाउन पाउने हो । यसका लागि प्रतिपक्षले जनपक्षीय काम गर्नुपर्छ । जनताको विश्वास लिनु पर्छ र केही नमूना सोच, विचार, आचार र व्यवहार प्रदर्शन गर्नुपर्छ ।

तर नेपाली कांग्रेसले वीपीको आदर्श पछ्याएको पाइँदैन । विसं २०१५ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार आएपछि वीपीले प्रतिपक्ष नभएको र प्रतिपक्षको अभाव भएको गुनासो गरेका थिए । उनलाई कतिपयले कम्युनिष्टहरु प्रतिपक्षमा रहेको पनि भनिदिएका थिए । तर वीपीले यस कुरालाई अस्वीकार गर्दै कम्युनिष्टहरु संसदीय व्यवस्थामा प्तिपक्षी हुन सक्दैनन् ।

कोइरालाले भनेका थिए, उनीहरु यदि साँचो अर्थमा कम्युनिष्ट हुन् र छन् भने उनीहरु प्रतिपक्ष होइन, प्रति ध्रुवीय हुन् । यो अर्थमा लिने हो भने कांग्रेसको छायाँ सरकार उचित छ ?

अर्को कुरा, सत्ता आइसकेपछि धेरैले मन्त्री, जीएम् र राजदूतमा नियुक्त गरिदिन माग गरे । तर पार्टीका बारेमा कसैले पनि चासो र चिन्ता जाहेरसम्म गरेनन् ।

यी सबेलाई जवाफ दिनका लागि ‘वीपीले कांग्रेस ब्रेडले होइन, ब्रेनले बाँचेको छ’ भनी वैचारिक अभियान लान प्रयास गरेका थिए । के कांग्रेसले यी दुई कुराहरु स्मरणमा राखेको छ ? शायद छैन, त्यसैले कांग्रेस छाँया सरकार हुँदै  पुनः छाँयामा पर्ने अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर