काठमाडौं । भारतीय लोकसभाको सातै चरणको मतदान सकिएपछि आउने परिणाममा मोदी र उनको पार्टी भारतीय जनता पार्टीको पल्ला भारी हुने मत सर्वेक्षण देखाउन थालेपछि ‘ब्लु प्रिन्ट अफ ट्रम्प ट्याक्टिस’ को खुलासा हुन पुगेको छ । मतदानपछि सिलबन्दी गरिएका मतपेटिकाहरु रातारात साटिनु भन्दा पहिले मोदीले मत सर्वेक्षणका नाममा मत सर्वेक्षणको हौवा फैलाउन लगाएका छन् ।
प्रतिपक्षी पार्टी कांग्रेस आईका अनुसार यी मतसर्वेक्षणहरु प्रायोजित भएका र रातारात मत पेटिका साट्न र साटिएका मत पेटिकामा भएका मतका आधारमा मोदीको जीत देखाउन यी सबै करामत रचिएका छन् ।
तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै कुन पार्टी र को प्रधानमन्त्री हुने चर्चा निकै चलिरहँदा मत सर्वेक्षणका नाममा आएको मोदीको जीतको सुनिश्चितताको प्रचारसँगै यस्तो स्थिति देखा परेको हो । मोदीले सात चरणको चुनाव नै यसै कारणले गराएका हुन् भन्ने विश्लेषकहरुको दाबी छ ।
रुसी सहयोगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि दुई चरणको निर्वाचन गरी यसरी नै विजय भएका थिए । पहिले मत परेका प्रदेशहरुमा मतपेटिका साटेर ट्रम्पको जीत सुनिश्चित गरिएको थियो । लोकप्रियता र मतदाता संख्याका हिसाबले तातकालिन डेमोक्र्याट उमेदवार हिलारी क्लिन्टनको निकै वाहवाही भए पनि आखिर यसै ट्याक्टिसका आधारमा ट्रम्प विजयी बनाइएका थिए ।
यो टक्निकको सफलतम् प्रयोग नेपालमा पनि भइसकेको छ । नेपालको पनि दुई चरणको नर्वाचन यसैको प्रयोग थियो । त्यतिबेला मत पेटिका राखिएका कोठाहरुको साँचो तात्कालीन एमाले र माकेका जिल्ला नेताहरुको हातमा दिइएको थियो । मत पेटिकाहरु ढोकाले जोडिएका कोठाहरुमा राखिएको थियो । ताकि एउटा कोठामा मत पेटिका राखेर ताला लगाइएको थियो र अर्को कोठाबाट भित्र पसी भित्री अन्तर कोठाको ढोका खोली मत पेटिक सजिलै ल्याउने लैजाने गरी सबै मत पेटिका राखिने स्थान मिलाइएको थियो ।
शायद भारतमा पनि पहिला चरणका निर्वाचनहरुका मत पेटिका साट्न मोदीको सरकार सफल भइसकेको छ । कोही भन्नेहरुले र विपक्षीहरुले गडबडी गर्न मोदीको पैसा र प्रायोजनमा निर्वाचनको मत सर्वेक्षण सुनाइयो भने पनि मोदीले पहिला भएका चरणबद्ध निर्वाचनपछि यो काम निकै सफलताका साथ सम्पन्न गरिसकेको हुुनु पर्छ ।
रुसमा पनि भ्लादिमिर पुटिन यसै टेक्निकको प्रयोग गरेर समाजवाद निर्माणकर्ता स्टालिनपछिका लामो कार्यकाल शासन गर्ने रुसी शासकका रुपमा गनिन पुगेका छन् ।
भारतमा गरिएका भनिएका मत सर्वेक्षकहरु एक्जिट पोल, टाइम्स नाउ, रिपब्लिक र न्युज नेशन मोदीले नेतृत्वको भारतीय जनता पार्टी बहुमतका साथ विजयी हुने परिणाम देखाइदिएका छन् ।