काठमाडौं । ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ भने झैं संसारको सबैभन्दा विकसित र प्रजातन्त्र कार्यान्वयन भएनभएको संसारभर सुपरीवेक्षण गर्ने देश अमेरिकाको अलाबामा राज्य सिनेटले सबै प्रकारका गर्भपतन गराउन निषेध गर्ने कानुन पास गरेको छ । यसलाई अमेरिकी कानुनमध्येकै कडा तथा फासीवादी कानुनको संज्ञा दिइएको छ ।
संसार मानसिक र भौतिक रुपमा पनि स्वस्थ, स्वच्छ र क्रियाशील भई गुणात्मक रुपान्तरण भइरहेका बेला नागरिकका इच्छा विपरीत पाििरत यो कानुनको संसारभर धज्जी उडाइएको छ ।
अलाबामा राजय सिनेटले भने यो कानुन पारित गरेकोमा गर्व गरिरहेको छ । विकसित भनिएका देशका बर्बर शासकहरुको यो हर्कतको विरोधमा स्थानीय जनता खुलेर सडकमा उत्रिएका छन्
यो राज्यमा पारित कानुनअनुसार बलात्कार र अनिच्छित यौन सम्बन्धबाट रहेको गर्भ पतन गर्न समेत निषेध गरिएको छ । साथै, कुनै पनि डाक्टरले यो खाले गर्भ पतन गरेगराएमा उसलाई आजीवन काराबास गरिने छ ।
अलाबामा राज्यमा वर्तमान राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । कडा सडक विरोधका बाबजुद यो कानुन २६ मतका विरुद्ध ६ मत भई पारित गरिएको थियो । हाल राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका गभर्नर काय इलेन लेभीकहाँ पुर्याइएको छ र उनले हस्ताक्षर गरेपछि यो कानुन लागु हुनेछ ।
यसका विरुद्ध महिला अधिकारवादी तथा कानुनविदहरुले अमेरिकी सर्वोच्च अदालतमा रिट दिने तयारी गरिरहेको कुरा पनि प्रकाशमा आएको छ । किनकि,सन् १९७३ मा सर्वोच्चले गर्भपनलाई दिएको कानुनी मान्यताको चुनौतीका रुपमा यो स्टेट कानुन पारित गरिएको छ ।
यो कानूनको एक कुनामा मात्र आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने वा ज्यान नै नबच्ने अवस्थामा मात्रै गर्भपतन गराउन सकिने भनेर उल्लेख गरिएको छ ।
धेरै राजनीतिक विश्लेषकहरुले त अब आउँदै गरेको आगामी निर्वाचनमा गर्भपतन विरोधी मत बटुल्नका लागि मात्र पनि यसो गरिएको हुनसक्ने विश्लेषण समेत गरेका छन् । उनीहरुको पनि अमेरिकी सर्वोच्च अदालतले यसलाई शुन्य बनाइदिने कुरामा विश्वास रहेको छ
स्मरण रहोस् वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले गर्भपतन गर्न नपाइने कुरालाई एउटा चुनावी नारा नै बनाएर जथाभावी भाषण गर्दै हिंडेका थिए । उनले चुनाव जितेपछि यो पनि आगामी चुनावमा एक अस्त्र हुनसक्ने भनी उनका चेलाचपेटाहरुले प्रयोग गर्न थालेको आँकलन पनि गरिएको छ ।