७८ लाख घुस प्रकरण : कार्वाहीको सुनुवाई कुर्दै पाठक

प्रकाशित मिति : २०७६ जेष्ठ १

 

 

सेवाग्राहीको समस्या समाधान गरिदिने बाचासहित घुस लिएको अभियोग फैसला कुरिरहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालत धाइरहेका छन् ।

उनी निकै अधैर्यताका साथ कारवाहीे सुनुवाईको प्रतिक्षा गरिरहेका छन् । उनको घुस प्रकरणसम्बन्धी मुद्दामा बुधवार पनि इजलास चलिरहेको छ ।

आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ ।