काठमाडौं । विद्यार्थी एकता दिवस बुधवार र्यालीसहित एक विरोध गर्दै भव्य रुपमा सम्पन्न भएको छ । ५५औं विद्यार्थी एकता दिवसको र्याली प्रदर्शनी मार्गबाट सुरु भई शान्तिबाटिमा पुगेर विरोध सभामा सम्पन्न भएको थियो ।

हार्दिक शुभकामना !

‘संयुक्त विद्यार्थी आन्दोलन–जिन्दावाद’को मूल नारासहित सम्पन्न उक्त विद्यार्थी एकता दिवसको विरोध सभामा ११ विद्यार्थी संगठनका नेताहरुले सम्बोधन गरेका थिए ।

संबोधनमा सबै नेताहरुले दलमाथिको राजनीतिक प्रतिबन्ध, ओली सरकारको फासीवादी अभ्यास, राष्ट्रघात र भ्रष्टाचार, शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणका विरुद्ध आवाज बुलन्द गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर