फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरुको तर्फबाट श्रीनाथ अधिकारीको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

प्रकाशित मिति : २०७६ बैशाख ३०

काठमाडौं । फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरुको तर्फबाट घाँटीको क्यान्सरबाट पीडित वामपन्थी नेता श्रीनाथ अधिकारी ‘क. श्याम’ को उपचारार्थ रु. १२,३०० (बाह्र हजार तीनशय रुपैया) हस्तान्तरण गरिएको छ । अधिकारीको उपचारार्थ संकलित रकम शोभा गजुरेल मार्फत् ‘श्रीनाथ अधिकारी स्वास्थ्योपचार सहयोग समिति’का संयोजक दिनेश शर्मालाई हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि वामपन्थी आन्दोलनमा निरन्तर लाग्दै र नेतृत्व गर्दै आउनु भएका अधिकारी हाल रोगका विरुद्ध संघर्ष गरिरहनु भएको छ । उहाँले आफ्ना व्यक्तिगत कामहरु आफैले गर्ने र अझैं केही वर्ष बाँचेर नेपालको परिवर्तनमा केही थप योगदान पुर्याउने आशा व्यक्त गरिरहनु भएको छ ।