काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गरेकै दिनबाट उनी अमेरिकी धुरीको लबिङ गर्न त्यहाँ पुगेको विश्लेषकहरुले चर्चा गर्न थालेका छन् । कम्युनिष्ट सरकार भएका भनिएका देशहरुमा कम्युनिष्ट भनाउनेहरुले नै विश्वसनीय सम्पर्क सूत्राधारका रुपमा काम गर्न सक्ने भएकाले उनी त्यसतर्फका भ्रमणलाई प्राथमितामा राखी गएको तर्कहरुले आधार पाउन थालेका छन् । उनी त्यस लगत्तै कम्बोडिया को भ्रमणका लागि मार्फत् भियतनाम प्रस्थान गरेका हुन् । भियतनामको भ्रमणपछि उनी कम्बोडिया जानेछन् ।
लामो गृहकार्य र कसरतपछि नेपालको परराष्ट्र मन्त्रालयले प्रम ओलीको भ्रमणलाई राजकीय रुप दिन सफल भएको थियो । परराष्ट्र मन्त्रालयको कसरत अनुसार समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यहाँ जान लागेको औपचारिकता मिलाइएको हो । करबलले हुन लागेको प्रम ओलीको भ्रमणलाई भियतनाम र कम्बोडियाले आमन्त्रणको नाममात्र दिलाएका छन् ।
प्रम ओलीको अपेक्षा र रणनीति खुला रहस्यका रुपमा ती देशका प्रमुखहरुकहाँ पुगेका हुनाले भेटवार्ता केवल औपचारिक मात्र हुने छ । भियतनाम र कम्बोडियासँग नेपालका लागि सामयिक तथा रणनीतिक कुनै पनि एजेण्डा लिएर न त प्रम ओली प्रस्थान गरेका छन्, न त भियतनाम र कम्बोडिया दुवैले त्यस्तोखाले तयारी नै गरेका छन् ।
तर ओलीको भियतनाम बसाई विदेशी एजेण्डामा तय भएकाले बहुपक्षीय हुने र लम्बिने पनि स्रोतले बताएको छ । उनी भियतनाममा २६–३० वैशाखसम्म बस्ने छन् । प्रम ओलीको यति लामो बसाइ स्वयम् भियतनामका लागि पनि असजिलो हुने भएको स्रोतको भनाइ छ ।
वास्तविक भ्रमण कम्बोडियाको भने पनि उनी त्यहाँ थोरै समय मात्र बस्ने छन् । सार्वजनिक गरिएको सेड्युल अनुसार उनी त्यहाँ बैसाख ३० देखि जेठ सम्म हुने छ ।
यो प्रायोजित भ्रमणमा जाँदा ओलीले कुटनीतिक मर्यादा भन्दा पनि आफ्ना विश्वासपात्र र नजिकका मानिसहरुको टोली लिएर गएका छन् । भ्रमणमा उनकी जीवनसंगिनी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, संघीय संसद्का सदस्यहरु रहेका छन् ।
राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी पनि उनले मिसाएर साथमा लगेका छन् ।
ओलीको भ्रमणलाई साउथ चाइना सीको अमेरिकी रणनीतिसँग जोडर हेरिएको छ ।