
काठमाडौं । अमेरिकी प्रतिबन्ध तथा दबाब विश्वभर प्रायः निकम्मा र फुस्सा साबित हुँदै जान थालेको बेला इरानले युरोपेली देशहरुलाई दुईमहिने अल्टिमेटमसहित अमेरिकी प्रतिबन्धको समर्थन फिर्ता लिएर इरानलाई सहयोग गर्नका लागि ठोस् कदम उठाउन आग्रह गरेको छ ।
यदि यो मानवीय आग्रहलाई अस्वीकार गरी अमेरिकी प्रतिबन्धको समर्थन गरिरहे आफू युरेनियमको उत्पादन सुरु गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
अमेरिकी प्रतिबन्धको समर्थनमा इरानसँग परमाणु सम्झौतामा संलग्न युरोपीय देशले इरानलाई परमाणु सम्भौताको नियमलाई तोडे खराब नतिजा भोग्नुपर्ने चेतावनी दिंदै आएका छन् । तर इरान यो एकहोरो दबाबा र दादागिरी सहन गर्न तयार भएको देखिन्न ।
ब्रिटेन, फ्रान्स र जर्मनीले सबैभन्दा बढी अमरिकी प्रतिबन्धको समर्थन र इरानमाथि आफूहरुको दादागिरी देखाइरहेका छन् । उनीहरुले आफ्नो प्रतिबद्धता कायमै रहने पनि बताउँदै आएका छन् । तर इरानले आफूलाई यी कदमहरु लामो समय सैह्य हुन नसक्ने चेतावनी दिएको छ ।
अमेरिकाले गत वर्ष परमाणु अस्त्र निर्माणको सम्झौताबाट अलग्याएर इरानमाथि यस्तो प्रतिबन्ध लगाउन पुगेको थियो । इरानको भनाइ जायज भएको भनी विशलेषकहरुले बताउन थालेका छन् ।
इरानको परमाणु महत्वाकांक्षामाथि अंकुश लगाउने रद्देश्यले सन् १९१५ मा गरिएको परमाणु सम्झौतामा चीन र रुस संलग्न छैनन् । त्यो सम्झौतामा अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी र इरान रहेका छन् ।
तर गत वर्ष यो सम्झौताबाट अलग भएको घोषणा गर्दै अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाइसकेको छ । इरानले आफूलाई यो सम्झौताबाट आंशिक रुपमा अलग गरिसकेको बताउँदै आएको छ ।
इरानमाथिको अमेरिकी नयाँ प्रतिबन्धपछि इरानी अर्थव्यवस्थामा निकै क्षति पुग्न गएको छ । इरानको मुद्रास्फिति भएको छ र महंगीमा चार गुणा बृद्धि हुन पुगेको छ । तर विश्लेषकहरुकै प्रश्न छ– के इरानले थेग्नसक्ला विदेशी शक्तिहरुको दबाब ?
यसको पछाडि चीन र रुससँग चलिरहेको व्यापार युद्ध र भेनेजुएलामा रसियाली सेना पुगेको पछिको विश्व ध्रुवीकरणले इरानलाई स्वास फेर्न भने पक्कै पनि सजिलो बनाएको छ ।






























