प्युठान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका व्यूरो सदस्य परिवर्तनले नेकपा परित्याग गरी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नम्बर पाँचको बैठक समापन कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपामा आन्तरिक जनवादको प्रयोग ठीक ढंगले नभएको, राजनैतिक, वैचारिक विषयमा छलफल हुन नसकेपछि पार्टी छाड्नु परेको उनले पार्टी प्रवेश कार्यक्रममा बताएका थिए ।
उनलाई क्रान्तिकारी माओवादीका प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रदेश पाँचका अध्यक्ष केबी गुरुङ लगायतले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
प्रेदशमा ५ मा नेकपा क्रान्तिकारी माओवादीको बैठक बुधबार र विहीबार गरी दुई दिनसम्म चलेको थियो भने विहीबार प्रदेश ५ स्तरीय देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पनि बैठक प्युठानको रसुमारानी गाउँपालिकामा भएको थियो ।