क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला दाङमा, राष्ट्रिय सम्मेलनको तयारी तीव्र

प्रकाशित मिति : २०७६ बैशाख २६


दाङ । क्रान्तिकारी पत्रकार महासंघको प्रदेश ५ को भेला शुक्रबार दाङमा हुने भएको छ । भेलाको सम्पूर्ण तयारी पुरा भएको क्रान्तिकारी पत्रकार महासंघ प्रदेश पांचका संयोजक दामोदर खनालले बताए ।

भेला शुक्रबार दाङको घोराहीमा हुने छ । भेलामा प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने छ । भेलाले नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

भेलाले प्रदेश ५ का मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने देखि विभिन्न संघर्षका कार्यक्रमहरु पनि तय गर्ने छ । 

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको भेला बैशाख १० गते हुने जिल्ला संयोजक सागर श्रेष्ठले बताए । भेलाका लागि सागर श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक कमिटि गठन गरिएको छ ।

त्यसैगरी प्रदेश ३ को वैठकले रामेछापका विजय पोख्रेललाई प्रदेश सदस्यमा थप गरेको प्रदेश संयोजक रनसुर महतराले बताएका छन् ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ प्रदेश १ को बैठक २९ गते विराटनगरमा बस्ने भएको छ । प्रदेश १ का संयोजक मधुकर थापाका अनुसार बैठक पछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि श्रमजीवी पत्रकारहरुको पक्षमा विभिन्न संघर्षका कार्यक्रम तय गर्ने छ ।

क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला जेठ १६ र १७ गते बुटवलमा हुँदैछ । महासंघको राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने तयारीको क्रममा अहिले सबै प्रदेश जिल्लाहरुको भेला तथा बैठकहरु बस्ने र प्रतिनिधि तथा पर्यवेक्षकहरुको छनौटको प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको महासंघका अध्यक्ष इन्द्र राउतले बताए ।