काठमाडौं नगरपालिका घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवन निवासी साहित्यकार ईश्वरी ओझा र काभ्रेपलाञ्चोक निवासी साहित्यकार प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।

हार्दिक शुभकामना !

इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मित्रलाल पंज्ञानीद्वारा हस्ताक्षरित तथा प्रेसित विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने साहित्यकार सहिद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू १,००,०००।– (एक लाख) रहेको छ । प्रतिष्ठान स्थापित भएदेखि सुयोग्य तथा उदीयमान साहित्यकारलाई उक्त परस्कार प्रदान गरिंदै आएको छ ।

यस वर्षका पुरस्कृत साहित्यकार ओझाका महाकाव्य, खण्डकाव्य, नाटक र कथा संग्रह पुस्तकाकारमा र फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

त्यसै गरी सापकोटाका कविता, समालोचना, जीवनी, अनुसन्धान र बालसाहित्य समेत गरी डेढ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

यसैगरी यस वर्षको कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुर निवासी गीतकार, सङ्गीतकार तथा गायक आरोह नेपालीलाई र साहित्यतर्फको प्रतिभा पुरस्कार कास्की निवासी कवि कल्पना चिलुवाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यो पुरस्कारको राशि रू २५/२५ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर