काठमाडौं । इजरोयल सरकार र नेपाल सरकारबीच २०७२ साल साउनमा गरिएको श्रम संझौता समय अगाडी नै रद्द गरिएको छ । नेपाल र इजरोयलका बीचमा भएको द्वीपक्षीय केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतापत्रमा हस्तााक्षर भएको थियो । नेपाली कामदारका लागि इजरोयल निकै आकर्षणको श्रम गन्तव्यस्थल पनि हो ।
यो गन्तव्य पारिश्रमिक र सुरक्षाको दृष्टिले पनि अन्य भन्दा उत्तम नै हो । सरकारीस्तरमै भएको श्रम सम्झौता ४ वर्ष पनि नपुग्दै बन्द गरिएको छ । नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकै मेहनतका साथ गरेको केयरगिभर रोजगारीका लागि इजरायलबाटै नेपाली श्रमिक कामदारको माग आउन छोडिसकेको छ ।
नेपाली श्रमिकहरु त्यहाँ बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारमा एक पटकका लागि दुई वर्षको कर्याबधि राखिएको थियो । केयरगिभर भनी रद्द भएकै अवधिमा नेपालबाट करिब ७७ जना इजरोयल पुगेको छन् । हाल त्यहाँ कार्यरत १० हजार श्रमिकहरु अलपत्र पर्ने स्थितिमा पुगेका छन् । हाल इजरोयली वैदेशिक रोजगार विभागले कामदारको माग नै बन्द गरेको जानकारी दिएको छ ।
इजरायल सरकारले केयरगिभरका लागि ४ वर्ष १० महिनाको भिसा उपलब्ध गराउनुको साथै मासिक १ लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक उपलब्ध गराउने सहमतिसमेत गरेको थियो ।