काठमाडौं । विदेशी रोजगारीका लागि पठाइने ठाउँहरुमा हाल पोल्याण्ड र माल्टाका केन्द्रमा रहेको छ । ती दुवै ठाउँमा लागि इच्छुक कामदारहरुमाथि निकै ठूलो रकम लिएर पठाउने काम भइरहेको छ ।
जापान र मलेसियाका लागि भएका सहमतिहरु कार्यान्वयनमा ढिलाइ भएपछि म्यानपनवर कम्पनीहरुले माल्टा र पोल्याण्ड आफ्नो व्यवसायको केन्द्र बनाएका छन् । चर्को शुल्क असुली र विभिन्न बहानामा रकम लिने गरेकाले यसलाई म्यानपावरको ठगीका रुपमा लिएको छ ।
पछिल्लो चरणमा एमओयु गरेका देशहरुले गरेको सहमति अनुसार समयमै कमदारहरु नलगिदिंदा वैदेशिक रोजगारीका लागि काम गरिरहेका म्यान पावर कम्पनीहरुले यसो गर्न थालेका हुन् ।
यसलाई अर्को कमाउ धन्दाका रुपमा यी म्यान पावर कम्पनीहरुले लिने गरेका छन् । पोल्यान्ड र माल्टालाई अहिले रोजगारीका आकर्षण केन्द्रहरुका रुपमा प्रचार गरेर म्यानपावर कम्पनीहरुले मनपरी रकम असुली गरिरहेका छन् ।
अहिले पोल्याण्ड र माल्टासँग युवाहरु श्रमरोजगारीका लागि पठाउन कुनै पनि सहमति नभएकाले म्यानपावरहरुले संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृतिमा माल्टा र पोल्यान्ड पठाउने गरेका छन् ।
यसका बारेमा जुरी वैदेशिक रोजगार विभागमा परे पनि भित्रभित्र रकमको लेनदेनले गर्दा सबै तैं चूप र मै चूपको अवस्थामा रहेका छन् । यस्तो खाले ठगी विगतका केही वर्ष देखि हुँदै आएको छ ।
कामदारहरुका अनुसार विगत दुई वर्षदेखि रोजगारीमा पोल्यान्ड र माल्टा पठाउने भन्दै म्यानपावरले युवा ठग्न थालेको बताउँछन् । युवाहरु आफूहरु घर बसेर के गर्नु, चारपैसा भए पनि कमाइ गर्न विदेशिनु आफ्नो बाध्यता भएकाले त्यसैमा म्यानपावर कम्पनीहरुले घुँडा धँसेको बताउँछन् ।
यस्तो हुँदा हुदै पनि विदेशिने क्रम भने निकै बढ्दो छ । पोल्यान्ड र माल्टा जानका लाग युवाहरुको भीड नै लाग्ने गरेको छ ।
सरकारले पोल्यान्ड र माल्टा रोजगारीमा जाने कामदारका लागि संस्थागत श्रम स्वीकृति जारी गरेको छैन । तर पनि रोजगारीका लागि युवाहरुलाई विदेशिनु छ भने म्यानपावर कम्पनीहरुलाई पैसा कमाउनु छ ।
रोजगारीका लागि माल्टा र पोल्यान्ड जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड निर्माण गरेको छैन । यसको फाइदा म्यानपावर व्यवसायीले माल्टा र पोल्यान्ड रोजगारीमा जाज खोज्न युवासँग लिइरहेका छन् ।