बंशजको नागरिकता वितरणपछि तराइमा जमिनको मूल्य बढ्न सुरु

काठमाडौं । जन्मको आधारमा विदेशी नागरिकका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता वितरण गर्न थालिएपछि तराइको जमिनको मूल्य निकै बढ्न थालेको छ ।

संसदमा विचाराधीन विधेयकलाई क्रस गरेर बाह्य शक्तिको दबाबमा नागरिकता वितरण गर्न आदेश दिएका गृहमन्त्रीको उक्त आदेश पछि जग्गा महंगिएको हो ।

जन्मको आधारमा नागरिकता लिएका इण्डियनहरुका सन्तानलाई सरकारी पार्टीका अध्यक्षहरु र गृहमन्त्रीले बंशजको नागरिकता दिन सुरु गरे यता तराइमा जमिन किन्ने इण्डियनहरुको ताँती लाग्न थालेको हो । तराइमा स्वभाविक रुपमा बढिरहेको जग्गाको भाउ अहिले भूमाफियाहरुले प्लटिङ गर्दाका बखत बढेको जस्तै गरी बढिरहेको छ ।

जमिनको भाउ अप्रत्यासित रुपमा बढ्न थालेपछि स्थानीय जनता खुशी हुनुको सट्टा अलमल र अन्यौलतामा परेका छन् । विश्लेषकहरु भन्छन् : यसबाट तराइका सबै नेपालीहरु र मूलतः मधेशीहरु अत्यन्त ठूलो जोखिममा पर्न थालेका छन् ।

इण्डियनहरुले सर्वप्रथम मत्रेशीहरुलाई विस्थापित गरेर आफ्ना नागरिकहरुबाट तराइ कब्जा गराउने रणनीति बनाएका छन् । परिस्थिति अब निकै गंभीर बन्न थालेको छ । तराइका वास्तविक नेपालीहरु विस्थापित भए भने सो भूभाग ठूलो जोखिममा पर्ने संभावना देखिन थालिसकेको छ ।

यो षड्यन्त्रका विरुद्धमा सबै मिलेर अगाडि बढ्न सोंच्न जरुरी छ । तर यसको संरक्षण ओली सरकारबाटै सुरु गरिएको छ । भनिन्छ ओलीहरुले भूमाफिया तराइमा परिचालनका लागि यसो गरेका हुन् ।