राष्ट्रघाती–जनघाती योजनाको सिरानीमा सुतिरहेको ओली सरकार

राष्ट्रघाती–जनघाती योजनाको सिरानीमा सुतिरहेको ओली सरकार

यो हप्ता देशमा दुईवटा गम्भीर प्रकृतिका घटनाहरुलाई नेपाली सञ्चार माध्यमले बाहिर ल्याए । प्रथम जनघातसित जोडिएको सवाल हो, जसमा सरकारकै एउटा मुख्यालय भएको बालुवाटारको जमिन भूमाफियाहरुले कब्जा गरेर विक्रिवितरणको घटना र साथै काठमाण्डौ महानगरपालिकाको मिलोमतोमा स्वच्छन्द बिकोई बिल्डर्सले सहिद मञ्च (खुलामञ्च) कब्जा गरेर त्यस स्थानमा ५२वटा सटर बनाएर भाडामा लगाउँदै आएको समाचार, दोस्रो राष्ट्रघातसित जोडिएको सवाल हो । यसमा वीरगञ्ज जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको विशाल घुइचो । यद्यपि राष्ट्रघात र जनघात एक आपसमा जोडिएका सवाल हुन र यीनलाई बेग्ला बेग्लै हेर्नु नेपालको वर्तमान सन्दर्भमा माक्र्सवाद सम्मत हु“दैन ।

यी दुवै घटना ओली सरकारका मन्त्री, उनकै पार्टीका उच्च तहका नेताहरुको निर्देशन र संलग्नतामा भएको छ भन्ने प्रमाणहरु पनि बाहिर आएका छन् । यो भन्दा अझ ठूला–ठूला राष्ट्रघात र जनघातका समाचारहरु बाहिर आउनै बा“की छन् । यो सरकार यस्तै अनगिन्ति राष्ट्रघात र जनघातका योजनाहरु सिरान लगाएर सुतिरहेको छ । र यी सबलाई तोडेर स्वतन्त्र र स्वाभिमानी नेपाल र नेपालीको लागि जनविद्रोहको विकल्प छैन । जनता सडकमा ओर्लिएर मात्रै सबैखाले जनघात र राष्ट्रघातलाई रोक्न सकिने छ ।

यसै सन्दर्भमा नेकपा(क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा–देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले ओली सरकार कम्युनिस्ट सरकार नभई भूमाफीयाहरु, बिचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि कामगर्ने दलालहरु र मानवअधिकार विरोधीहरुको जमघट भएको सरकार हो र यसका विरुद्ध विद्रोहको आंधीबेहरी सृजनागर्न नेपाली जनतालाई आव्हान गरेको छ ।

भरखरै उसले काठमाण्डौको खुलामञ्च अतिक्रमण भएको थप जानकारी आएको बारे वक्तव्य निकाल्दै देजमोका अध्यक्ष सीपी गजुरेलले भनेका छन् –“सहीद मञ्च मुक्त गरौ” । देजमोको उक्त बक्तब्यमा भनिएको छ–“केपी ओली सरकारले १४ महिना पूरा भएको खुशियाली मनाइरहेको बेला सरकारमा भएका कमिसनखोरहरुसंगको मिलोमतोमा भूमाफियाहरुले सरकारकै एउटा मुख्यालय भएको बालुवाटारको जमिन कब्जा गरेको घटनाले हामीलाई स्तब्ध पारेको छ । यो घटनाको चर्चा नसेलाउदै काठमाण्डौ महानगरपालिकाको मिलोमतोमा स्वच्छन्द बिकोई बिल्डर्सले सहिद मञ्च (खुलामञ्च) कब्जा गरेर त्यस स्थानमा ५२वटा सटर बनाएर भाडामा लगाउदै छ भन्ने समाचारले नेपाली जनतालाई उद्धेलित बनाएको छ ।

सहिद मञ्च जनताले आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने ठाउ“ हो । यसमाथि धावा बोल्ने काम केवल जनताको सम्पत्तिमाथि अतिक्रमण मात्रै होइन, यो जनताको अधिकारमाथिको अतिक्रमण पनि हो । यो हाम्रो लागि सह्य हुन सक्दैन । त्यसैले, हामी माहानगरपालिका र ओली सरकार दुबैलाई के चेतावनी दिन चाहन्छौं भने सहिद मञ्च यही बैशाख महिनाभित्र खाली गरियोस् र जनताको जिम्मा दिइयोस् । यदि त्यसो गरिएन भने जनता आफैले प्रत्यक्ष कारवाहीद्वारा मुक्त गर्न बाध्य हुने छन् ।

यसको निम्ति हाम्रो संगठन अग्रपक्तिमा रहेर संघर्ष गर्न तयार रहने कुरा पनि स्पष्ट पार्न चाहन्छौ ।” काठमाण्डौंको खुलामञ्च अतिक्रमण भएको थप जानकारी आएकोबारे वक्तव्य निकाल्दै देजमोका अध्यक्ष सीपी गजुरेलले भनेका छन– “सहीद मञ्च मुक्त गरौ” ।

जब ओली र प्रचण्डले वामपन्थी गठवन्धन गरेर निर्वाचनमा गए, त्यसलाई नेकपा (क्रान्तिकारी माओवादीे) ले यो वामपन्थी गठवन्धन नै होइन र यसबाट निर्वाचित सरकारले वामपन्थीको चरित्र देखाउन सक्दैन, उसको काम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुको इशारामा नेपालका गरीब किसान, सुकुम्वासी, महिला, दलित, अल्पसंख्यक जाति जनजाति, आदिवासीआदिमाथि दमन र उत्पीडन गर्ने हो ।

त्यसकारण यो वामपन्थी खोलभित्र लुकेको प्रतिक्रियावदी रुप हो भनेर भनेको थियो । नेकपा (क्रान्तिकारी माओवादी) ले यसो भनिरहंदा नेपाली जनता उसको सही रुपलाई पहिचना गर्न असमर्थ भए, परिणाम ओली–प्रचण्ड बहुमतको सरकार बनाउन सफल भए । आजसम्मका हरेक घटनाक्रमहरुले के देखाएको छ भने यो सरकार विगतको नेपाली कांग्रेस सरकारभन्दा पनि राष्ट्रघाती तथा जनघाती सरकार हो, यो भूमाफियाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि कामगर्ने दलालहरु र मानवअधिकार विरोधीहरुको जमघट भएको सरकार हो भन्ने पुष्टि गरेको छ ।

देशभित्र यसले नेपालको जल, जमिन, र जंगल सबै भ्रष्ट भूमाफियाहरु, विचौलियाहरुसित मिलेर चक्लाबन्दी गर्दैछ र जसको नेतृत्व स्वयम् प्रधानमन्त्री केपीओलीका मन्त्रीहरुले र पार्टीका महासचिव बिष्णु पौडेलले गरिरहेका रहेछन् भन्ने प्रमाणहरु बाहिर आएका छन् । विष्णु पौडेल जसले भूमाफियाहरु, विचौलियाहरुसित मिलेर प्रधानमन्त्री क्वाटर र प्रधान न्यायाधीश क्वार्टरभित्र आफ्नो व्यक्तिगत जमिन उनका छोराका नाममा कायम गरेका छन् । अहिले पत्रपत्रिकाबाट यो बाहिर आएपछि उनको समर्थन र वचाउमा ओलीका मन्त्रीहरु नाङगै भएर लागेका छन् । तर उनीहरुले के बुझन आवश्यक छ भने जनताको विद्रोहले उनीहरुका सबै झुट र लुटमा आधारित सपनाहरुलाई चकनाचुर पार्ने छन् ।

ओली सरकार कम्युनिस्ट सरकार नै होइन, यो त दलाल तथा नोकरशाहहरुको सरकार हो, यद्धपि नेपाली जनताबाट कम्युनिस्टको नाममा जनमत प्राप्त गर्न सफल भएको छ भनेर नेकपा (क्रान्तिकारी माओवादी) ले भन्दै आएको हो । अहिले पनि देजमोको माथि उल्लेखित वक्तब्यमा आव्हान गरे जस्तै नभन्दै काठमाण्डौका जनता हातहातमा घन, छिनो, कोदोलो बेल्चाआदि लिएर त्याहा“ बनाएका घरटहराहरु भत्काउन अगाडि बढेपछि सरकारको अर्को अंग महानगरपालिका त्यसलाई भत्काउन अगाडि आएको छ । ओली सरकारको संसदभित्रको दुईतिहाईको घमण्ड काठमाण्डौंका जनताले एकै छिनमा सडकबाट तोडिदिएका छन् । यो एउटा सानो उदाहरण मात्रै हो जनता विद्रोहमा कसरी उत्रन्छन् भन्ने ।

इतिहास साक्षी छ कि ओलीको एमालेको त पहिलेदखि नै कम्युनिस्ट सिद्धान्त, विचार नै थिएन किनभने उसले पहिले नै पुंजीपति वर्गलाई मान्यहुने वा मान्य देखिने कुरो भनेको माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरुलाई उनीहरुले देख्न नपर्ने ठाउंमा मिल्काउने हो, जुन काम एमालेले उसको पार्टी कार्यालयमा साम्राज्यवादका प्रतिनिधिहरुको उपस्थितिलाई सहज बनाउन माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरुलाई उनीहरुले नदेख्ने ठाउंमा थन्काएको थियो । र, अहिले प्रचण्डसित मिलेर झन् यसलाई घनिभूत बनाउँदै छन् ।

अहिले यो सरकारका मित्र भनेका नेपालभित्र र देश बाहिरका भूमाफियाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि कामगर्ने दलालहरु र मानवअधिकार विरोधीहरु नै हुन । र यी नेपाल र नेपाली जनताका शत्रु हुन । शत्रुको मित्र मित्र हुन सक्दैन । त्यसै ओली सरकार पनि नेपाली जनताको लागि सत्रु नै भएको छ ।

साथै, दोस्रो राष्ट्रघातको भटना हो, जसको एउटा सञ्चार माध्यमले भरखरै यो सरकारको एउटा अर्को दलाली राष्ट्रघाती कदमको भिडियो सार्वजनिक भएको छ– वीरगञ्ज जिल्ला प्रशासन कार्यालयमा भारतीयहरुको विशाल घुइचो नेपाली नागरिकता लिनका लागि र यसमा ओली सरकारका गृहमन्त्रीको सहयोग र समर्थन । यसले केस्पष्ट पादैछ भने ओली सरकार न त राष्ट्रवादी हो न त नेपाली जनताको मित्र हो । उसलाई थाहा छ गत नीर्वाचनमा उसका यिनै मित्रहरु– नेपालभित्र र देश बाहिरका भूमाफियाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि कामगर्ने दलालहरु र मानवअधिकार विरोधीहरुले ओलीलाई अत्यधिक मत दिन पैसाको खोलो बगाएका थिए र अहिले ओलीले त्यसको व्याज तिर्दैछन् ।

वीरगञ्ज जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको विसाल घुइँचोले त नेपाल अब ओलीकै समयमा फिजी बन्ने पक्का छ भन्ने अवस्था आउदै छ र शंका गर्ने ठाउ छ कि ओली भारतीयहरुका तर्फबाट त्यसका पहिलो निर्वाचित प्रधानमन्त्री त बन्ने होइनन् ? वीरगञ्ज जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको विसाल घुइचोले यो शंकालाई पुष्टि गर्दछ । ओली सरकारले अहिले भूमाफियाहरु र भारतीयहरुबाट निर्वाचनका लागि प्राप्त सहयोगको ब्याज राष्ट्रघात र जनघातद्वारा तीर्दै छ भन्दा अतिशयोक्ति हुने छैन ।