४ नं. प्रदेशमा मुख्यमन्त्रीमार्फत् बुझाइयो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति : २०७६ बैशाख १६

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन पछि केन्द्रिय समितिको बैठकले निर्णय गरे अनुसार देशका सबै प्रदेशमा मुख्यमन्त्री मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने घोषित कार्यक्रम अनुसार ४ नम्बर प्रदेशले आइतबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ बँुदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश समितिका अध्यक्ष केशबहादुर परियारको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्रियता, जनतन्त्र, जनजीविका र राज्यलाई जनमुखी बनाउने विषयहरु समेटिएको २३ (तेईस) बुंदे ज्ञापन–पत्र प्रदेश सरकार मुख्यमन्त्री गुरुङलाई बुझाएको हो । ज्ञापन पत्र बुझाउदै अध्यक्ष परियारले मागहरु पूरा नगरिए मोर्चा संघर्षमा जान बाध्य हुने चेतावानी समेत दिए ।

ज्ञापन पत्र बुझाउने क्रममा फेवाताल, बेगनासताल लगायतका तालहरुको संरक्षण, सार्वजनिक जग्गाहरु संरक्षण, बास्तविक सुकुम्बासीहरुको बसोवासको ब्यवस्थापन, उत्तरी नाका कोरला नाकालाई तुरुन्त संचालनमा ल्याइयोस्, प्रदेश स्तरको बसपार्क निर्माण, प्रदेश स्तरमा क्यान्सर, मुटुरोग लगायतका अस्पताल निर्माण कार्य तुरुन्त गरियोस् भन्ने महत्वपूर्ण सुभावहरु समेत प्रतिधिनि मण्डलको तर्फबाट राख्ने काम गरिएको थियो ।

प्रतिनिधि मण्डलमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उपाध्याक्ष, सचिव, सहसचिव, प्रदेश समितिका सदस्यहरु, जिल्ला कमिटिका अध्यक्ष, सचिव, सदस्यहरु र पार्टीका नेताहरुको समेत उपस्थिति रहेको थियो ।